Shittalpati
धन्सारले पुरिएर बालिकाको मृत्यु
धन्सारले पुरिएर बालिकाको मृत्यु स्याङ्जाको गल्याङ–१० डुबिण्डाँडामा बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ पाल्पा सहित देशभर असार १५ अर्थात् १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । मंगलबार धान रोपाईं सँगै दही र चिउरा खाई धान दिवस मनाइएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’...
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख...
बाढी–पहिरोको क्षति, हाम्रो नियति
बाढी–पहिरोको क्षति, हाम्रो नियति नेपालमा बर्सेनि हुने प्राकृतिक प्रकोपअन्तर्गत मूलतः बाढी र पहिरो पर्ने गरेको पाइन्छ । बर्सेनि दर्जनौं बेपत्ता हुन्छन् अनि उस्तै संख्यामा मृत्युसमेत हुने गरेको पाइन्छ । प्रायः तराईतिर बाढीको बढी जोखिम हुँदा पहाडी भेगमा पहिरोको डर उच्च रहन्छ ।
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।
असारे विकासले निम्त्याएको समस्या
असारे विकासले निम्त्याएको समस्या देश प्रजातन्त्र, लोकतन्त्र हुँदै सघीय गणतन्त्रमा हिडेको पनि धेरै समय भै सक्यो । तीन तहका सरकारका कारण केहि परिवर्तनको आशा भने नेपाली जनतामा जगाएको छ । स्थानीय तहहरुमा विकास कार्यले केहि गति भने लिएको छ तर पनि नेपालमा असारे विकासले निरन्तरता भने पाईरहेको छ ।
एकैदिन ६२ जनामा कोरोना
एकैदिन ६२ जनामा कोरोना पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा ६२ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा
स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार बसेको प्रदेशसभाको बैठकमा जानकारी गराएकी छन् ।
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैलालीको गोदावरी नगरपालिका –४ स्थायी ठेगना भई हाल गल्याङ नगरपालिका–८ स्याङ्जामा बस्दै आएका २० वर्षीय होमबहादुर (सुवास) रोक्का मगरलाई पाल्पामा लागु औषध सहित पक्राउ गरेको हो ।
तिनाउमा पुरुष मृत अवस्थामा भेटिए
तिनाउमा पुरुष मृत अवस्थामा भेटिए जिल्लाको तिनाउ गाउँपालिका–६ स्थित बाह्रविसे खोल्सामा एक पुरुष मृत भेटिएका छन् 
Weather Update