Shittalpati
तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय

पाल्पा, लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर २ को प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ ।

सोमबार तानसेनको त्रिभुन बहुमुखी क्याम्पस गेट अगाडि एक औपचारिक कार्यक्रमका बीच क्षेत्र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश संयोजक एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, क्षेत्र नं. २ को प्रदेशसभा २ (क) का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना, प्रदेशसभा २ (ख) का उम्मेदवार तथा माओवादीका नेता तुलाराम घर्तीमगर (वसन्त) र गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले संयुक्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । गठबन्धनले प्रचार–प्रसार विभागको जिम्मेवारी नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरेलाई दिएको छ । गठबन्धन दलका उम्मेदवार र निर्वाचन लक्षित गतिविधिहरुका विषयमा सम्पूर्ण जानकारी लिनका लागि कार्यालयमा सम्पर्क गर्न गहिरेले सम्पूर्ण पत्रकारहरुलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update