२४२ यात्रु सवार विमान भारतमा दुर्घटना
बिहीबार, जेठ २९, २०८२
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद
बिहीबार, जेठ २९, २०८२
राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ...
दूध र मह बिक्रीबाट मनग्य आम्दानी
बिहीबार, जेठ २९, २०८२
बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जस्को कृषि कर्म साँच्चिकै लोभलाग्दो छ । आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा व्यावसायिक घाँसखेती । यसैबाट गाउँमै सम्भावना खोजिरहेका छन्, रघुनाथ पौडेल ।
आजदेखि सुनचाँदी व्यवसायीहरु आन्दोलित, पसलहरु बन्द
बिहीबार, जेठ २९, २०८२
सरकारले सुनाचाँदी र हिरामा विलासिता कर लगाएपछि व्यवसायीले कर खारेजीको माग गर्दै आजदेखि पाल्पासहित देशभैभर पसल बन्द गरेर आन्दोलित बनेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनचाँदीमा २ प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको छ । यस्तै हिरा जुवाहरत र पत्थरमा १३ प्रतिशत कर लाग्ने भएको छ ।...
आज विश्व बालश्रम विरुद्धको दिवस
बिहीबार, जेठ २९, २०८२
आज विश्व बाल श्रम विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैं छ । विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्धार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।
‘प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या’ विषयक विचार गोष्ठी
बिहीबार, जेठ २९, २०८२
‘गुणस्तर तथा प्राविधिक सीप सहितको नारी शिक्षा र मोहन कन्या मावि’ विषयक विचार गोष्ठी तानसेनमा भएको छ । मोहन कन्या माविले आफ्नो हिरक महोत्सवको अवसरमा एक दिने विचार गोष्ठी आयोजना गरेको हो ।
बालश्रम विरुद्ध दिवसको सन्दर्भ
बिहीबार, जेठ २९, २०८२
आज विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको...
पाल्पाका सुनचाँदी व्यवसायी भोलीदेखि पसल बन्द गरेर आन्दोलित हुँदै
बुधबार, जेठ २८, २०८२
जिल्लाका सुनचाँदी व्यवसायीहरु भोलीदेखि पसल नै बन्द गरेर आन्दोलित हुने भएका छन् । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै पाल्पा सुनचाँदी व्यवसायी संघमा आवद्ध व्यवसायीहरु विहीबारदेखि आन्दोलित हुने भएका हुन् ।
गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता
बुधबार, जेठ २८, २०८२
मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए ।
संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान
बुधबार, जेठ २८, २०८२
धर्म संस्कृति जगेर्नाका लागि कर्मकाण्डसम्बन्धी ज्ञान तथा सीप सिकाइएको छ । कर्मकाण्डबारे औपचारिक अध्ययन गर्ने व्यक्ति हिजोआज कम हुँदै जादा अबका दिनमा हिन्दू धर्मअनुसार जन्मदेखि मृत्युपर्यन्त सम्मका कार्यमा अप्ठ्यारो हुने स्थिति नआओस् भनेर रामपुरमा कर्मकाण्डका ज्ञान सीप सिकाउन थालिएको हो ।
विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती
बुधबार, जेठ २८, २०८२
यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्र्दै व्यावसायिकरुपमा अकबरे खुर्सानीखेती सुरु गरेका हुन् ।
व्यस्थित गरिदैं जन्तीलुङ्ग र मरामकोट होमस्टे
बुधबार, जेठ २८, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–६ जन्तीलु· र वडा नं. ५ मरामकोटमा घरवास (होमस्टे )कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार र तिनाउ गाउँपालिकाको आर्थिक सहयोगमा सशक्तिकरण विकास नेपाल पाल्पाको आयोजनामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्र्तगत दुवै वडाका होमस्टे सञ्चालक तथा भविष्यमा पाहुना राख्ने घरधनीहरुलाई एक हप्ते होमस्टे सञ्चालन, व्यबस्थापन तथा कुक...


-1762576335.jpg)