तम्घासमा होटल तथा पर्यटन व्यवसायीलाई तालिम
शनिबार, जेठ ३१, २०८२
आज विश्व रक्तदाता दिवस मनाइँदै
शनिबार, जेठ ३१, २०८२
आज विश्व रक्तदाता दिवस नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
रक्तदाता दिवस र यसको सार्थकता
शनिबार, जेठ ३१, २०८२
विश्व रक्तदाता दिवस आज नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिन पनि यो दिवस...
दुर्गा प्रसाईंसहित ७ जना कारागार चलान
शुक्रबार, जेठ ३०, २०८२
गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । तीनकुनेमा राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेका दुर्गाप्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र...
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय
शुक्रबार, जेठ ३०, २०८२
यहाँको वालिङ नगरपालिका–५ थुम्कीका दीपेन्द्र मल्लले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । पेसाले सिभिल इञ्जिनियर मल्लले डेढ वर्षअघि ‘बी इम्पायर’ नामक फर्म दर्ता गरी व्यावसायिक मौरीपालन सुरु गरेका हुन् । इञ्जिनियरिङ पेसासँगसँगै उद्यमशिलताको अभ्यासस्वरुप स्थानीय सेरेना जातको मौरीपालन थालेको उनले बताए ।
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
शुक्रबार, जेठ ३०, २०८२
गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते
शुक्रबार, जेठ ३०, २०८२
वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुई जिल्लाका जनप्रतिनिधि र पत्रकारबिच असल अभ्यास आदान–प्रदान
शुक्रबार, जेठ ३०, २०८२
गोरखा नगरपालिका, नेपाल पत्रकार महासंघ गोरखा र तानसेन नगरपालिका, नेपाल पत्रकार महासंघ पाल्पाबिच असल अभ्यास आदान– प्रदान गरिएको छ । गोरखाबाट आएको जनप्रतिनिधि र पत्रकारहरुको टोलीसँग विहीबार तानसेनमा असल अभ्यास आदान–प्रदान गरिएको हो ।
डिएसपी हुँ भनि ठगी गर्ने दुई जना पक्राउ
शुक्रबार, जेठ ३०, २०८२
नेपाल प्रहरीको डिएसपी हुँ भनि ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका (८ बस्ने ४५ वर्षीय ज्ञान बहादुर लामा भन्ने ज्ञानु तामाङ र काठमाडौं कलंकी बस्ने सुनसरी इटहरी उपमहानगरपालिका(४ पाँचघरे घर भएका ४२ वर्षीय रेवती ओझालाई प्रहरीले पक्राउ गरेको हो ...
सरेको सर्यै प्रतिनिधिसभा बैठक
शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर् यै छ । विहीबार दिउँसो बोलाइएको बैंठक सरेर पुन: साँझ साढे ६ बजेपछि सुरु भएको थियो । त्यो बैठकमा पनि प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, प्रतिपक्षी रास्वपा, एकीकृत समाजवादीलगायत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
गतिरोधको निकास खोज
शुक्रबार, जेठ ३०, २०८२
सत्ता र विपक्षीले अडान नछोड्दा संघीय संसद् बन्धक बन्दै आएको छ । भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेतको संलग्नता रहेको आरोप सहित विपक्षीहरूले संसद् अवरोध गर्दै आएका छन् । आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १५ जेठमा बजेट प्रस्तुत हुन दिए पनि त्यसयताका बैंठकहरु हुन सकेका छैनन् ।


-1762576335.jpg)