Shittalpati
कोरियाबाट फर्केर गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध संकलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिन्छन्। बिहान र बेलुका दूध संकलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकारबनाउने उनको दैनिकी बनेको छ । नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेकाबेला पन्त भने दुग्ध व्यवसायमा जमेका छन् ।

रिडीमा ‘गौरव दूध डेरी’ बाट व्यवसायसञ्चालन गर्नुभएका उनले दूध संकलन, दूधबाट बन्ने परिकार छुर्पी, पनिर, दही,कुराउनी, छुर्पी, घ्यूलगायतका परिकार बनाएर बिक्री गर्छन् । उनको डेरीमा दैनिक औषतमा एक हजार १००लिटर दूध जम्मा हुन्छ । त्यसमा ८० प्रतिशत दूध छत्रकोट गाउँपालिकाबाट आउनेगर्दछ भने बाँकी दूध सत्यवती र तानसेनबाट आउने गर्दछ । उनले गाई र भैँसीकोदूध संकलन गर्छन् । दूध खरिद गरेबापत उनले दैनिक रु ७५ देखि ८०हजार अर्थात् मासिक रु २१ लाख किसानलाई भुक्तानी दिन्छन् । दूधको गुणस्तरअनुसारकिसानलाई रकम प्रदान गर्ने पन्त बताउन्छन् । किसानबाट संकलन गरिएको दूध उनले स्थानीय बजारका साथै पाल्पा, बागलुङ, स्याङ्जा र बुटबलसम्म पनि बिक्री गर्छन् । बाँकीरहेको दूधलाई दही, पनिर, छुर्पीलगायतका परिकार बनाएर सदुपयोग गर्छन् । गतवर्ष बुटबलको दुग्ध विकास संस्थानलाई ८४ हजार लिटर दूध बिक्री गरेका थिए ।संस्थानले विभिन्न परिकार बनाउनको लागि दूध खरिद गर्दछ । दूधपछि बढी मात्रामा दही बिक्री हुन्छ ।रिडीमा शव दाहासंस्कारका लागि धेरै मानिस आउने भएकाले पनि दहीको खपत बढी हुनेपन्तको भनाइ छ । फुटकर रु १४० मा दही बिक्री भइरहेको छ । गर्मीयाममा दैनिक २५०लिटरसम्म दही बिक्री हुने गरेको छ । उनले वार्षिक चार हजार लिटर घ्यू पनि उत्पादनगरी बिक्री गर्दै आएका छन् । प्रतिलिटर रु एक हजार ३०० मा स्थानीय बजारका साथसाथैबुटबल र काठमाडौँसम्म उनले उत्पादन गरेको घ्यू पुग्ने गरेको छ । पन्तलेप्रतिकिलो रु एक हजारमा कुराउनी बिक्री गरिरहेका छन् । दसैँ, तिहार जस्ता चाडपर्व एवं पाहुनाले कोसेलीका रुपमा  लैजाने गरेका छन्। गत दुई वर्षदेखि उनले छुर्पी उत्पादन गर्दै आएका छन् ।

फुटकरमा रु एक हजार ३०० रथोकमा प्रतिकिलो रु एक हजारमा छुर्पी बिक्री हुँदै आएको छ । स्थानीय बजारका साथसाथैपाल्पा, बुटबल र काठमाडौँसम्म पुग्ने छुर्पी यो वर्ष १५ क्विन्टल उत्पादन गर्ने लक्ष्यलिएको पन्त बताउन्छन् । उनी वैदेशिक रोजगारीका लागि सन् २००९ देखि १४ सम्म गरी छवर्ष कोरिया बसे । कोरियामा उनले समुद्रमा माछा मार्ने काम गर्थे । उनको आम्दानीपनि मासिक रु तीन लाख जति हुन्थ्यो । कोरियामा काम गर्दा उनले मिर्मिको जलविद्युत् ड्याममामाछा पाल्ने सोच बनाए । तर नेपाल फर्केपछि सोच बदले। रिडी नेपालको चार धाममध्येको एक रहेको रधार्मिक पर्यटक बढी आउने भएकाले उनले दूध डेरी सञ्चालन गर्ने निर्णय गरे ।कोरिया जानुभन्दा अगाडि उनले काठमाडौँमा नौ वर्ष चमेनागृह तथा होटल सञ्चालनगरेका थिए । तर त्यसबाट सन्तुष्ट नभएपछि उनी कोरिया गएका थिए । “अहिले आफ्नै ठाउँमासन्तुष्ट हुनेगरी व्यवसाय गरेको छु”, रविले भने, “विदेशमा पैसा कमाएर पनि आफ्नो स्वाभिमान हुँदैन, तर स्वदेशमा थोरै पैसा कमाए पनि स्वाभिमान हुन्छ ।” उनले कोरियमाकमाएको पैसा सही ठाउँमा लगानी लगाएको बताए ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update