रोगसँग खेलाँची नगरौं
शनिबार, साउन ३१, २०७७
प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई कोरोना
शुक्रबार, साउन ३०, २०७७
प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले जानकारी दिए ।
तानसेनको बिशाल बजार सिल
शुक्रबार, साउन ३०, २०७७
तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र विहिबार साँझा ८ बजेदेखि अर्को निर्णय नहुँञ्जेलसम्मका लागि सील गरिएको हो ।
गुल्मीका पहिरो पिडितलाई राहत सहयोग
शुक्रबार, साउन ३०, २०७७
जिल्लाका पहिरो पिडितलाई राहत सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकाका पहिरो पिडितलाई राहत सहयोग गरेको हो ।
विपद्का बेला गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
शुक्रबार, साउन ३०, २०७७
जिल्लमा विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास प्रदर्शन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा विरभद्रजंग गुल्म गुल्मीले विपद् पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत भुकम्प, बाढी पहिरो, आगालागी, सडक दुर्घटना जस्ता विपद्का विषयमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास...
प्रदेश पाँच : समुदायमा बढ्दै कोरोना संक्रमण
शुक्रबार, साउन ३०, २०७७
प्रदेश पाँचका विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ संक्रमण बढ्दै गएको छ । रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् ।
खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल
शुक्रबार, साउन ३०, २०७७
खोला बढेपछि स्थानीयले फड्के पुल निर्माण गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या आएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेका हुन् ।
पाल्पामा कुटपिटबाट एक पुरुषको मृत्यु, पोष्टमार्टमका लागि काठमाडौं पुर्याइयो
शुक्रबार, साउन ३०, २०७७
जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरे अदमाराका एक पुरुषको स्थानीय युवकको कुटाईबाट मृत्यु भएको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न पुगेका अदमारका ४२ वर्षका पुरुष रिकमान दिसुवाको स्थानीय २० वर्षका दुर्गाबहादुर सारुको कुटपिटबाट घाइते भएका थिए ।
बुटवलमा लकडाउन
शुक्रबार, साउन ३०, २०७७
कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो ।
के हो शिवलिङ्ग ?
शुक्रबार, साउन ३०, २०७७
केही नेपाली साहित्य र लेख रचनाहरूमा शिवलिङ्गलाई मजाक बनाएर प्रस्तुत गरिन्छ । त्यसरी लेख्दा शिव पुराण अध्यन गरेर कति जनाले लेखे होलान् ? वा मनगणन्ते मनोवाद लेखेर आफ्नो अल्पज्ञानको परिचय दिएका होलान् ।
कोरोना नियन्त्रणमा तदारुकता देखाऊ
शुक्रबार, साउन ३०, २०७७
नेपालमा चार महिना लामो लकडाउन खुला गरेसँगै कोरोना संक्रमितको संख्या झन तिव्र गतिले वृद्धि हुँदै गएको छ । यति बेला संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको अवस्था झन् भयावह बन्दै गएको छ ।
सवारी दुर्घटनामा तीन घाइते
शुक्रबार, साउन ३०, २०७७
रुपन्देहीमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ५ चुलबुलियापुल स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ न.को लोड ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।


