गुल्मी । जिल्लाका पहिरो पिडितलाई राहत सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकाका पहिरो पिडितलाई राहत सहयोग गरेको हो । एक सय घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको क्लवका अध्यक्ष इन्द्रबहादुर विष्टले बताए । क्लवका प्रतिनिधि, नगरपालिका,गाउँपालिका अध्यक्ष लगायतको सहभागितामा प्रदेश पाँचका सांसद कमलराज श्रेष्ठले उक्त राहत सामग्री वितरण गरेका थिए । पहिरो प्रभावितलाई प्रमुख पिडिजि महेन्द्र नारायण श्रेष्ठ ,स्टाटेटिज प्रमुख अर्जुन सैजु, डिस्ट्रिक स्टाटेजिक योजना प्रमुख योगेश घिमिरेले सहयोग गरेका थिए ।
त्यस्तै यरियानम्बर ४ प्रमुख सन्दिप कशौधन, यरिया नम्बर ४ सचिव यश क्लबका चार्टर अध्यक्ष भोमिलाल घिमिरे, रिजन पर्सन भरत श्रेष्ठ, जोन चेयर पर्सन भुपेन्दबहादुर थापाले सहयोग गरेका थिए । क्लवका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल, निवर्तमान अध्यक्ष बाबुराम अधिकारी, कार्यक्रमका संयोजक कोषाअध्यक्ष राजेश घिमिरे लगायतले राहत ढुवानी सहयोग गरेका थिए । राज खनाल, सुदिप थापा, क्लबका प्रथम उपाध्यक्ष अमृत भुसाल , द्दितिय उपाध्यक्ष दिनेश भुसाल, द्धितिय उपाध्यक्ष नवराज पंगेनी सचिव विरु क्षेत्री, राज खनाल, सुदिप थापा, प्रकाश गैरे, हिम्मत आचार्य, विशाल जिसि, ज्ञानु ज्ञवाली, खेमराज घिमिरे लगायत पनि सहयोग रहेका थिए ।