Shittalpati
खोला बढेपछि स्थानीयले निर्माण गरे फड्के पुल

रमेश विश्वकर्मा

गुल्मी । खोला बढेपछि स्थानीयले फड्के पुल निर्माण गरेका छन् । जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमाना बड्हरे खोलामा खोला बढेर आवात जावतमा समस्या आएपछि स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरेका हुन् । बर्षायामको समयमा खोला बढ्दै गएपछि खोला तर्नका लागि स्थानीयहरुले फड्के पुल निर्माण गरेका हुन् । दैनिक ३० जना जति युवाहरु मिलेर तीन दिनमा फड्के पुल निर्माण गरिएको स्थानीय खड्गबिर थापाले बताए । उनले उक्त पुल निर्माण गर्दा खाजा र आवश्यक पर्ने सामानहरुको स्वयं आफु, कृष्णप्रसाद भट्टराई र आत्मराम भट्टराईले व्यवस्थापन गरेको बताए ।

पुल निर्माण भएपछि बर्षायामको समयमा पनि आवत जावत गर्नका लागि सहज भएको कालीगण्डकी गाउँपालिका १ हर्मिचौर बकेवाका बिरेन्द्र अर्यालले बताए । खोला बढ्दा पैदल यात्रीहरुलाई बढी जोखिम हुने र खोलाले ज्यान समेत लिन सक्ने भएकाले स्थानीयहरु मिलेर फड्के पुल निर्माण गरिएको उनले बताए । सत्यवती गाउँपालिका वडा नं २ पाँहादी र कालीगण्डकी गाउँपालिका हर्मिचौरको मितेरी साइनो रहेको बताईएको छ । बर्षाले खोला बढेपछि सो सम्बन्ध टुटने हो की भन्ने आफूहरुलाई चिन्ता लाग्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले फड्के पुल निर्माण भएपछि मोटरसाइकल र पैदल यात्रा गर्नमा सहज भएको स्थानीयहरुले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update