Shittalpati
तानसेनको बिशाल बजार  सिल

पाल्पा । तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र विहिबार साँझा ८ बजेदेखि अर्को निर्णय नहुँञ्जेलसम्मका लागि सील गरिएको हो । जिल्ला प्रशासन कार्यालयले तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरिशंकर गेष्ट हाउस, उत्तरमा टक्सार माछा पसल र दक्षिणमा पेट्रोलपम्मको चारकिल्ला भित्रको बिशाल बजार क्षेत्र अर्काे निर्णय नभएसम्मको लागि सील गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

संक्रमण देखिएकी ती महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् । उनीसँगै खटेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update