ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा
आइतबार, साउन ३२, २०७७
भलिबल खेलाडीको कोरोना बीमा गरिने
आइतबार, साउन ३२, २०७७
लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।
कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन
आइतबार, साउन ३२, २०७७
विगतमा साहित्यकारहरुले सभा, समारोहको आयोजना गरी आफ्ना रचनाहरु औपचारिक कार्यक्रम मार्फत प्रस्तुत गर्ने गर्थे । तर हिजोआज भने विश्वभर फैलिएको कोभिड–१९ का कारण जिल्लाका साहित्यकारहरुले भर्चुअल (जुम प्रविधि) मार्फत साहित्यिक रचनाहरु प्रस्तुत गर्ने गरेका छन् ।
बालबालिकाप्रति चिन्तित बनौं
आइतबार, साउन ३२, २०७७
कोरोना भाइरस कोभिड-१९ का कारण शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ । पाँच महिनादेखि देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौ बालबालिकाहरु विद्यालय जान पाइरहेका छैनन् ।
कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय दुई पुग्यो
आइतबार, साउन ३२, २०७७
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाल्पा प्रहरी सक्रिय, अवैध हतियार राख्नेहरु पक्राउ
आइतबार, साउन ३२, २०७७
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध हातहतियार नियन्त्रणमा समेत सक्रियता बढाएको छ । जिल्लाका अधिकांश स्थानमा रहेका अवैध हतियारका विषयमा प्रहरीले गोप्य सूचना संकलन गरी उक्त अवैध हातहतियार सहित राख्ने व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको हो ।
पाल्पामा अवैध बन्दुकसहित दुई जना पक्राउ
शनिबार, साउन ३१, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बेल्गामा अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । भुवनपोखरी बेल्गाका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई अवैध भरुवा बन्दुक सहित प्रहरीले प्रक्राउ गरेको हो ।
नवलपरासीमा निषेधाज्ञा
शनिबार, साउन ३१, २०७७
कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिरोमा परी तीनको मृत्यु
शनिबार, साउन ३१, २०७७
निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएराति गएका पहिरामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय बालक प्रवेश विक र वडा नं. ३ का ६० वर्षीया बली विक रहेका छन् ।
बुटवलमा कोरोना संक्रमितको मृत्यु
शनिबार, साउन ३१, २०७७
कपिलवस्तुका उक कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार मृत्यु भएको हो ।
जोखिमपूर्ण अवस्थामा रहेको घर सेनाद्वारा भत्काइयो
शनिबार, साउन ३१, २०७७
जोखिमपूर्ण अवस्थामा रहेको घर नेपाली सेनाद्वारा भत्काइएको छ । तानसेन नगरपालिका ६, बर्तुङ्ग पालेपिपलमा रहेको एक घर वर्षाका कारण भत्किने अवस्थामा पुगेपछि नेपाली सेना गोरखदलगण पाल्पाले व्यवस्थित रुपमा भत्काएको हो ।
मनोविनोदी कवि शर्माको ‘विषम वेदनाहरु’
शनिबार, साउन ३१, २०७७
विषम वेदनाहरु कविता संग्रहका लेखक कलाकार कवि चिरञ्जिवी शर्मा ढुङ्गानाको जन्म वि.सं. २००६ साल पौष ११ गते पिता तुल्सीनारायण ढुङ्गाना र माता टीकाकुमारी ढुङ्गानाका सुयोग्य पुत्ररत्नको रुपमा भएको हो ।


