पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
बुधबार, साउन २८, २०७७
पत्रकार बानियाँको दुःखद निधन
बुधबार, साउन २८, २०७७
नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशित पत्रकार बलराम बानियाँको दुःखद् निधन भएको छ । उनको मंगलबार मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावर क्षेत्रमा मृत अवस्थामा शव फेला परेको हो ।
प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा अक्षय कोषमा आर्थिक सहयोग
बुधबार, साउन २८, २०७७
नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीले अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले दस हजार एक सय ११ रुपैंयाँ सहयोग गरेका हुन् ।
कोरोना कहर : ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि निकालियो
बुधबार, साउन २८, २०७७
कोभिड –१९का कारण जोखिम बढ्दै गएपछि यस वर्षको ऐतिहासिक भगवती जात्रा परम्परा धान्नकै लागि मात्र निकालिएको छ । नेपालको विरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको ऐतिहासिक भगवतीजात्रा मन्दिर परिसरमा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिएको हो ।
जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ : मुख्यमन्त्री पोखरेल
बुधबार, साउन २८, २०७७
सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु
बुधबार, साउन २८, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको मंगलबार राती मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।
कोरानासँगै प्रकृतिको बज्रपात
बुधबार, साउन २८, २०७७
घर बनाउँदा लागेको ऋण उकास्न मुग्लान पसेका हरिप्रसाद उपाध्याय घरमा जहान बिरामी परेको खबरले हतारिँदै नेपाल फर्किए । भारतको चेन्नइमा सुरक्षा गार्डको काम छोडेर श्रीमतीको उपचार गर्ने योजनाका साथ नेपाल आएको उनलाई लागेको थिएन् आँफै बिरामी परेर झण्डै डेढ महिना अस्पतालको बसाइ हुन्छ ।
भारतमा फसेकी युवतीको उद्दार
बुधबार, साउन २८, २०७७
एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
तानसेन र खानेपानी
बुधबार, साउन २८, २०७७
पानी नपाएर प्यासी भएका कतिपय तानसेनवासीका मागलाई पूरा गर्ने प्रतिबद्धता सहितको विज्ञप्ती मंगलबार समितिको तर्फबाट आएको छ । यसलाई सबैले आशा र भरोसाको प्रतिक मानेका छन् । धेरैले भने, अनि धेरैलाई अचम्म पनि लाग्यो कि पत्रकारले धर्ना गर्ने कि समाचार लेख्ने ? प्रश्नै प्रश्नका थुप्राहरुलाई दाज्यो भने सबै जिज्ञासाहरु अस्वभाविक...
सिमामा कडाइ बनाउने प्रदेश पाँचको निर्णय
बुधबार, साउन २८, २०७७
प्रदेश सरकारले प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सिमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिमा क्षेत्रको आवागमनलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय मुख्यमन्त्रीका प्रेस सल्लाहाकार...
एनसेल आजीयाटाले शुरु गर्यो वायरफ्रीप्लस सेवा
बुधबार, साउन २८, २०७७
एनसेलले नेपालमा पहिलो पटक वायरफ्रीप्लस वाइफाइ सेवा शुरु गरेको छ । गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल सेवा शुरु गरेको एनसेल आजीयाटा लिमिटेडले बताएको छ ।
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते
बुधबार, साउन २८, २०७७
जिल्लाको निस्दी गाउँपालिका –५ गल्धाको पटकसरमा लु १ ज २८८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार साझा निस्दीको ज्यामिरेबाट गल्धातर्फ आइरहेको जिप अनियन्त्रित भई दुर्घटना हँदा निस्दी ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र वडा नं ४ मित्याल काफलका विष्णु माया सारु कालुङको...


