Shittalpati
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि
घरकर्जा ब्याजदर ९ प्रतिशतदेखि माथि पाल्पा,घर निर्माण तथा खरीदका लागि सर्वसाधारणलाई उपलब्ध गराउने घरकर्जाको ब्याजदर वार्षिक ९ प्रतिशतभन्दा माथि पुगेको छ । वाणिज्य बैंकहरूले सर्वसाधारणलाई घरकर्जा उपलब्ध गराउदै आएका छन् । तरलताको दबाबसँगै बैंकहरूले ब्याजदर वृद्धि गरी निक्षेप संकलन गरेपछि लागत बढेर आधारदरसँगै ब्याजदर महँगो भएको हो ।
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह
बजेटरी सहायता बढाउन विश्व बैङ्कसँग आग्रह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरे ।
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
मायाखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको छ । हाइड्रोपावरले यही माघ १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गर्ने भएको हो ।
पेट्रोलियम पदार्थको मूल्य यथावत्
पेट्रोलियम पदार्थको मूल्य यथावत् भारतबाट पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर भएर आए पनि नेपालमा पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् रहेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट सोमबार पेट्रोलमा केही बढेर र डिजेल तथा हवाई इन्धनमा केही घटेर आएको भए तापनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको जनाएको हो ।
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन
कुसुम सहकारीको आगामी यात्रा कृषि प्रवद्र्धन पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुुम बहुउद्देश्यीय सहकारीले कृषि प्रवद्र्धनलाई जोड दिने भएको छ । सहकारीको बुटवल र पाल्पामा भएको प्रथम साधारण सभाले कृषि प्रवद्र्धनसँगै होमस्टे, कुुसुुम एकिकृत बस्ती, मिट मार्ट, बहुुउद्देश्यीय मार्ट जस्ता कार्यक्रमहरुलाई अगाडि बढाउने नीति तथा कार्यक्रम पारित गरेको छ ।
थप छ क्रसर उद्योग बन्द
थप छ क्रसर उद्योग बन्द पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई
जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाको अध्यक्षमा भट्टराई जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको अध्यक्षमा जगदीश भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार तानसेनमा भएको २३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पत्रकार, सहकारी अभियान्ता राजनीतिकर्मी भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे
सहकारीलाई प्रविधियुक्त र मर्यादित बनाउन जोड दिऊ : पाण्डे जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनु पर्ने बताएका छन् । शनिबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २३ औं वार्षिक साधारण सभा तथा सातांै अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले अबको आवश्यकता भनेको प्रविधियुक्त सहकारी बनाउनु रहेको बताएका हुन् ।
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित
हिमालयन बैंकले गर्यो सिभिलसँग गाभ्ने प्रस्ताव पारित हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ । बैंकको ३०औं वार्षिक साधारणसभाले सिभिल बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
एक महिनामै आठ बैंक गाभिए
एक महिनामै आठ बैंक गाभिए पछिल्लो समय बैंकहरु धमाधम मर्ज हुने क्रम बढेको छ । राष्ट्र बैंकले बैंकहरु मर्ज गर्ने नीति ल्याएसँगै धमाधम बैंकहरु मर्ज हुन थालेका हुन् । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् । थप दुई वाणिज्य बैंकहरु पनि मर्जरको चरणमा छन् ।
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । आव २०२१/०२२ मा नेपालले पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान...
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार
इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकिकृत कारोबार सुुरु गरेका छन् । उनीहरु एकापसमा गाभिएसँगै बुधबारदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् ।
Weather Update