Shittalpati
एनआईसी एशियाले दियो दुर्घटना बीमाबापतको रकम

पाल्पा, एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई बीमाबापतको रकम दिएको छ । उसले शुद्धोधन गाउँपालिका रुपन्देहीमा स्थायी घर भएका मृतक अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले खरालको खातामा उपलब्ध दुर्घटना बिमाबापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई हस्तान्तरण गरेका हुन् । खनालले बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए । उनको मृत्युपछि बैंकले बीमा दावी रकम भुक्तानी गरेको हो । हालसम्म २०७९ जना ग्राहकहरूलाई बीमा दाबी गरे बापतको ७ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरिसकेको बैंकले जनाएको छ । जसमध्ये घातक रोग बीमा बापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमा बापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमा बापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update