पाल्पा, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८ औं वर्षमा प्रवेश गरेको छ । वित्तिय कारोबारलाई प्राविधिसँग जोड्दै अगाडि बढेको बैंक ३८ वर्षमा प्रवेश गरेको हो ।
गएको पुसमा नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो । मर्जरपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुको साथै बैंकले नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अरू बैंकहरूलाई समेत मर्जरका लागि प्रेरित गरेको गर्दै आएको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डेले बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । उनले स्थापनाको ३८ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यो बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरूलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रवद्र्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ । इन्भेष्टमेण्ट मेगा बैंकले २ सय ९६ शाखा, २ सय ७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र १ सय ९ शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । उत्कृष्ट सेवा र व्यवसायका लागि सातपटक ‘बैंक अफ दी एयर अवार्ड’ प्राप्त गरिसकेको यो बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्डहरू प्राप्त गर्न सफल भएको छ । साथै, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (इन्फ्रा) नेपालले यो बैंकलाई ‘ए’ क्रेडिट रेटिङ गरेको छ ।