सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात
शुक्रबार, फागुन २६, २०७९
रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन
शुक्रबार, फागुन २६, २०७९
नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट ३० लाख राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो ।
चैतदेखि ब्याजदर घटाउँदै बैंक
शुक्रबार, फागुन २६, २०७९
आगामी चैत्रदेखि व्याजदर घट्ने भएको छ । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैत १ गतेदेखि कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।
२९ हजारले लिए ई–सिम
बिहीबार, फागुन २५, २०७९
नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई–सिम वितरण गरेको थियो । साथै गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी,...
‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को अडिसन चैतमा
बिहीबार, फागुन २५, २०७९
‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को काठमाडौं अडिसन चैत्र ४ र ५ गते हुने भएको छ । आयोजक कम्पनीको अनुसार प्राविधिक कारणहरुले गर्दा अडिसन एक हप्ता पछाडी सरेको हो ।
एनआईसी एशियाले दियो दुर्घटना बीमाबापतको रकम
बुधबार, फागुन २४, २०७९
एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई बीमाबापतको रकम दिएको छ । उसले शुद्धोधन गाउँपालिका रुपन्देहीमा स्थायी घर भएका मृतक अर्जुन खरालको परिवारलाई दुर्घटना बीमाबापतको १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।
बैंकमा फोनबाटै लोन
शनिबार, फागुन २०, २०७९
एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकि· एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोन लोन सेवा शुभारम्भ गरेको छ ।
कुमारी बैंकले विद्युतीय सवारी किन्न कर्जा दिने
शुक्रबार, फागुन १९, २०७९
कुमारी बैंक लिमिटेडले विद्युतीय सवारी साधन किन्न कर्जा दिने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएपछि ग्राहकहरुको माग पनि बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।
पाल्पा व्यापार संघको शपथ तथा पद हस्तान्तरण
बिहीबार, फागुन १८, २०७९
पाल्पा व्यापार संघको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको शपथ तथा पदस्थापन कार्यक्रम गरी जिम्मेवारी हस्तानतरण गरिएको छ । गएको पुस ३० गते तेस्रो अधिवेशनबाट निर्वाचित संघको बामदेव बस्यालको नयाँ कार्यसमितिलाई चिरञ्जिवी पोखरेलको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले जिम्मेवारी हस्तानतरण गरेको हो ।
बैशाख १४ देखि पाल्पा महोत्सव हुने
मंगलबार, फागुन १६, २०७९
आउँदो बैशाखमा पाल्पा महोत्सव हुने भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यही बैंशाख १४ देखि २४ गतेसम्म पाल्पा महोत्सव हुन लागेको हो ।
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी
मंगलबार, फागुन १६, २०७९
मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ वर्षमा प्रवेश
मंगलबार, फागुन १६, २०७९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८ औं वर्षमा प्रवेश गरेको छ । वित्तिय कारोबारलाई प्राविधिसँग जोड्दै अगाडि बढेको बैंक ३८ वर्षमा प्रवेश गरेको हो ।
नेप्से परिसूचकमा चार दशमलव ५५ अंकको सुधार
सोमबार, फागुन १५, २०७९
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा तीव्र उतारचढावका बीच सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आइतबार चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ विन्दुमा कायम भएको हो ।


