Shittalpati
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने
शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।
एनसेलको प्याकेजसँगै चुनावी अपडेट
एनसेलको प्याकेजसँगै चुनावी अपडेट एनसेल आजियाटा लिमिटेडका ग्राकले अब प्याकसँगै चुनावी अपडेट लिन सक्ने भएका छन् । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले ल्याएको निर्वाचन लक्षित प्याकेजको उपयोग गरी ग्राहकले चुनावी अपडेट लिन सक्नेछन् । एनसेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा ग्राहकले अपडेट लिन सकुन् भन्ने उद्देश्यले विभिन्न डेटा र भ्वाइस प्याक...
विकास बैंकहरूले निक्षेपको ब्याज घटाए
विकास बैंकहरूले निक्षेपको ब्याज घटाए विकास बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बैठकले मंसिरका लागि ब्याजदर घटाउने निर्णय गरेको हो । उसले कात्तिक महिनाको तुलनामा मंसिरमा ब्याजदर घटाउने निर्णय गरेको जनाएको छ । जसअनुसार मंसिरमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा विकास बैंकहरुले अधिकतम १२.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।
बैंकहरूले ब्याज नबढाउने
बैंकहरूले ब्याज नबढाउने वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आए पनि बैंकहरुले भने नबढाउने अडान कायमै राखेका छन् । उनीहरुले कात्तिक महिनाकै बराबर ब्याजदर प्रकाशित गर्ने...
नेप्से २१ अंकले बढ्यो
नेप्से २१ अंकले बढ्यो सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंक बढिले बढेको छ । कारोबारको अन्तिम समयमा आएर सेयर बजारको परिसूचक नेप्से २१.२६ अंकले बढेको हो ।
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिदैं
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिदैं ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने भएका छन् । बैंकको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत एक आपसमा गाभिने निर्णय भएको छ । उनीहरु समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने छन् ।
कुमारी बैंकको सेयरधनीलाई लाभांश पारित
कुमारी बैंकको सेयरधनीलाई लाभांश पारित कुमारी बैंक लिमिटेडले सेयरधनीलाई लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकले बाइसौँ वार्षिक साधारणसभामार्फत सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
मुक्तिनाथ बैंकले गर्याे महिला उद्यमीलाई सम्मान
मुक्तिनाथ बैंकले गर्याे महिला उद्यमीलाई सम्मान मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुलाई सम्मान गरेको छ । कृषि, पशुपालन तथा स–साना उद्यम सञ्चालन गरिरहेका उत्कृष्ट २ सय ६४ जना महिला उद्यमीलाई बैंकले सम्मान गरेको हो ।
चुनावले पेट्रोलको खपत वृद्वि
चुनावले पेट्रोलको खपत वृद्वि मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै पेट्रोलको खपतमा समेत वृद्धि भएको छ । चुनाव प्रचारका क्रममा सवारी साधनको प्रयोग बढेकाले पेट्रोलियमको खपत वृद्धि भएको हो । सामान्य अवस्थाभन्दा चुनावको बेला पेट्रोलियमको खपत बढ्ने गर्छ । चुनावमा जित्ने आशमा उठेका उम्मेदवारले बुताले भ्याएसम्म खर्च गर्छन् ...
तानसेनको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउँछौं : गठबन्धन उम्मेदवार
तानसेनको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउँछौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले तानसेन नगरपालिका –१० तेल्घामा रहेको गुफाचौरलाई धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका छन् । उनीहरुले विहीबार तेल्घामा युवा भेला तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै गुफाचौर आफैमा धार्मिक तथा पर्यटकीयस्थल भएकाले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले त्यसको गुुरु योजना बनाएर धार्मिक तथा पर्यटकीयस्थल बनाउने बताएका...
शाइन रेसुङ्गा बैंक तानसेनद्वारा वृक्षारोपण
शाइन रेसुङ्गा बैंक तानसेनद्वारा वृक्षारोपण शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तानसेन शाखाले जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा वृक्षारोपण गरेको छ । बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत हुुँगीस्थित जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरेको हो । वित्तिय कारोवारसँगै सामाजिक कार्यमा उल्लेखीय काम गर्दै आएको बैंकले फलफूल तथा अन्य वनस्पतीजन्य एक सय विरुवाहरु...
Weather Update