पाल्पा, कुमारी बैंक लिमिटेडले विद्युतीय सवारी साधन किन्न कर्जा दिने भएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएपछि ग्राहकहरुको माग पनि बढ्दै गएको छ । सोही मागलाई मध्यनजर गर्दै बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा विद्युतीय सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले र सिप्रदी ट्रेडिङ प्रालिबीच ग्राहकलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने सम्झौता गरेको छ । यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जाको अवधी ८ वर्षसम्म रहने प्रावधान रहेको छ । अहिले कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पुुष १७ गतेदेखि एकीकृत कारोबार गर्दै आएका छन् । एकीकृत कारोबारपछि अहिले बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौँ महानगरपालिका–२ स्थित टंकलालमा रहेको छ । एकीकृत कारोबार पश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड, कूल निक्षेप तीन खर्ब दुई अर्ब र कर्जा दुई खर्ब ८० अर्ब पुगेको छ । अहिले देशव्यापी ३ सय ४ शाखा सञ्जाल, २ सय ९४ एटीएम, ६२ शाखारहित बैंकिङ ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकि· सुविधाहरु दिँदै आएको बैंकले आगामी दिनमा अझ सुरक्षित, सरल र सुलभ सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।