रहेनन् नेपालका पहिलो गभर्नर राणा
आइतबार, माघ २२, २०७९
माछापुच्छ्रे बैंकका ग्राहकलाई अस्पतालमा छुट
आइतबार, माघ २२, २०७९
माछापुच्छ्रे बैंकका ग्राहकले अब काठमाडौंमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उपचारमा छुट पाउने भएका हुन् ।
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
शनिबार, माघ २१, २०७९
अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे ।
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी
शनिबार, माघ २१, २०७९
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्खयौली थलोमा पशुपालन सुरु गरेका छन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् ।
बढेर आयो इन्धनको भाउ
बिहीबार, माघ १९, २०७९
डिजेल र पेट्रोलको भाउ भारतबाट बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं
मंगलबार, माघ १७, २०७९
पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भएता पनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ ।
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन
मंगलबार, माघ १७, २०७९
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरको निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको हो ।
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ
शनिबार, माघ १४, २०७९
पछिल्लो समय हाइड्रोपावरहरुले धामाधम आइपिओ खुला गरेका छन् । उनीहरुले सर्वधारणका लागि आइपिओ खुला गरेका हुुन् ।
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
शुक्रबार, माघ १३, २०७९
द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व संकलन समेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ ।
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट
शुक्रबार, माघ १३, २०७९
नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।
आयातसँगै घट्यो निर्यात
बुधबार, माघ ११, २०७९
चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
सुपर मादी हाइड्रोको आईपीओ खुल्यो
मंगलबार, माघ १०, २०७९
सुपर मादी हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ ।
सिक्का छाप्ने मेसिन नेपालमै तयार
सोमबार, माघ ९, २०७९
सिक्का छाप्ने मेसिन अहिले नेपालमै तयार भएको छ । दुुई दशक अघि नेपालमा छाप्न बन्द गरिएका चलनचल्तीका नेपाली सिक्का अहिले नेपालमै छाप्न थालिएको हो ।


