Shittalpati
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित
कोरोनाले लघु तथा घरेलु उद्योग बढी प्रभावित कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
विहार र निसान घरलाई आर्थिक सहयोग
विहार र निसान घरलाई आर्थिक सहयोग जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम
पाल्पाली ढाका प्रवर्धनका लागि तालिम पाल्पाली ढाकाको प्रवद्र्धन तथा विस्तार गर्न तालिम दिइएको छ । पाल्पाली ढाका संघले पाल्पाली ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा थप विस्तार तथा प्रवद्र्धन गर्नुको साथै जिल्लाका नागरिकहरुलाई आयआर्जनमा लाग्नका लागि तीन महिने तालिम दिएको हो ।
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो नेपाली काँग्रेसले सहकारी बैंक खोल्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । काँग्रेसले सहकारी बैंक दर्ताका लागि संघीय सहकारी विभागमा फाइल पेश गरेको छ । प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संस्थाको कागजात सहितको निवेदन विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण जिल्लाको माथागढी गाउँपालिकाले सबै शाखाका कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाका सबै शाखाहरुले आठौं गाउँसभामार्फत चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएका छन् । सोही अवसरमा एमआईएस (व्यवस्थापन सूचना प्रणाली) शाखाले पनि आफ्नो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ ।
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि
मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि नेपाल राष्ट्र बैंकबाट ख वर्गको स्वीकृत प्राप्त मुक्तिनाथ विकास बैंकको नाफा ३० प्रतिशतले वृद्धि भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो । बैंकको चाल आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार ६१ करोड ५५ लाख नाफा भएको छ ।
आईडीसी निर्माण गर्दै वल्र्डलिंक
आईडीसी निर्माण गर्दै वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले इन्टरनेट डाटा सेन्टर (आईडीसी) निर्माण गर्न थालेको छ । कम्पनीले नेपालका १४ ठूला शहरहरूमा आईडीसी निर्माण गर्न लागेको हो । नेपालका सातै वटा प्रदेशमा कम्पनीले डाटा सेन्टरहरु स्थापना गर्ने गरी काम अगाडि बढाएको छ ।
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व
सवारी कारवाहीमा २६ लाख २१ हजार राजस्व जिल्लामा भएको सवारी कारवाहीमा २६ लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ६ महिनामा जिल्लामा सवारी कारवाहीबाट २६ लाख २१ हजार ५ सय राजस्व संकलन भएको हो । ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनहरुबाट जरिवानस्वरुप उक्त रकम संकलन गरेको जनाएको छ ।
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने
हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट राजस्व भुक्तानीे हुने नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा स्वीकृत प्राप्त हिमालयन बैंक लिमिटेडका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाएसँगै ग्राहकले सजिलै भुक्तानी गर्न सक्ने...
एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक
एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला
पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निसीखोला बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले पालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको एकमुष्ठ रुपमा प्रर्वद्धन गर्न थालेको छ । गाउँपालिकामा पर्यटनको प्रसस्त सम्भावना भएर पनि ओझेलमा परेको भन्दै प्रर्वद्धनात्मक कार्यक्रम अघि सारेको हो ।
Weather Update