गुल्मी, नेपाली काँग्रेस गुल्मीले जिल्ला अस्पताललाई प्रदान गरेको अक्सिजन कार्यक्रमको लागि भातृ संगठन नेपाल महिला संघले आर्थिक सहयोग गरेको छ । नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समितिले शुक्रबार पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई ५० हजार एक सय ७५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
महिला संघका नगर सभापति सीता पाण्डे, उपसभापति तारा पौडेल, कोषाध्यक्ष निर्मला केसी र सदस्य बसन्ता पन्थीले संयुक्त रुपमा उक्त सहयोग रकम पार्टी सभापति श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । नेपाली कांग्रेसमार्फत जिल्ला अस्पताललाई अक्सिजन उपलब्ध गराउने प्रयोजनका लागि रकम सहयोग गरिएको महिला संघले जनाएको छ ।
पार्टीको सहयोगमा महिला संघले पनि एक्यवद्धता जनाएकोमा महिला संघ रेसुङ्गा नगर कार्य समितिलाई सभापति श्रेष्ठले धन्यवाद व्यक्त दिए । जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि काँग्रेसले यस अघि नै अस्पताललाई ५० वटा अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराएको थियो । महिला संघका सीता पाण्डे, तारा पौडेल, निर्मला केसी, कल्पना पन्थी, कमला पन्थी, खिमा बस्नेत, मञ्जु पन्थी अनिशा केसी, विष्णुदेवी बस्नेत, सरिता पन्थी, संगीता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ बसन्ता पन्थी, जमुना न्यौपाने लगायतले यहाँ सहयोग गरेका छन् ।