Shittalpati
सरकारी अस्पतालहरुलाई एनसेलको अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

काठमाडौं(एजेन्सी), एनसेल आजियाटा लिमिटेडले सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको छ । कम्पनीले कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गरेको हो । एनसेलले १ सय ५० थान भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गर्ने प्रतिवद्धता जनाए अनुरुप पहिलो लट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले शुक्रबार कम्पनीले प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर्सको पहिलो लट अन्तर्गतका कन्सन्ट्रेटर्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ महेन्द्र प्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

कोरोना बिरामीको उपचारका लागि अक्सिजनको चरम अभाव खेपि रहेका जिल्लास्तरीय अस्पतालहरुमा यी कन्सन्ट्रेटर्स हस्तान्तरण गरिने छन् । ‘एनसेलबाट आएको यो अक्सिजन कन्सन्ट्रेटर्स सहयोगको हामी कदर गर्दछौं । अक्सिजनको चरम अभाव रहेको अहिलेको विषम परिस्थितीमा यी कन्सन्ट्रेटर्सले जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ ।’ स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्ले भने, ‘जनताहरुलाई सेवा प्रदान गर्ने हाम्रो कार्यलाई निरन्तरता दिदैं महामारीको समयमा अमूल्य जीवन बचाउँन सहयोग पु¥याउने हेतुले हामी अस्पतालहरुलाई १ सय ५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्स प्रदान गर्दैछौं । एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा महामारी शुरु भए लगतै गतवर्ष हामीले सरकारद्वारा स्थापित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ योगदान ग¥यौं । कोभिड प्रतिकार्य अन्तर्गत नै हामीले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल कोभिड–१९ हटलाइन सेवा पनि शुरु गरिसकेका छौ ं। यसले चौबीसै घण्टा स्वास्थ्य परामर्श दिनुका साथै घरमै आइसोलेसन बसेका सबैलाई दिनहँु स्वास्थ्य परामर्श प्रदानगर्दछ ।’

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update