Shittalpati
बगनासकाली बहुउद्देश्यीय सहकारीको भवन शिलान्यास
बगनासकाली बहुउद्देश्यीय सहकारीको भवन शिलान्यास पाल्पा, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकमा रहेको उक्त सहकारीको प्रशासनिक भवन एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गतालाई
बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गतालाई जिल्लाका एक युवाले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनक पन्थले आफनो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए आशा अपाङ्गतामा रहेका व्यक्तिहरुलाई सहयोग गरेका हुन् ।
सहकारी अभियन्ता भन्छन्–‘सरकारले सहकारीलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भयो’
सहकारी अभियन्ता भन्छन्–‘सरकारले सहकारीलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भयो’ सरकारले सहकारी अभियानलाई ध्यान नदिदा आर्थिक पाटो कमजोर भएको सहकारी अभियन्ताले बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय सहकारी गोष्ठीमा सहभागीहरुले सरकारले सहकारी अभियानलाई व्यवहारिक रुपमा अगाडि बढाउन नसकेकै कारण आर्थिक विकासको पाटो कमजोर भएको बताएका हुन् ।
गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’
गरिमा विकास बैंकको ‘गरिमा सजिलो अटो लोन’ के तपाईको सवारी चढ्ने सपना छ ? के सपना भएर पनि आर्थिक अभावमा गाडी चढ्न सक्नुभएको छैन ? यदि त्यस्तो हो भने आउनुहोस् गरिमा विकास बैंकले त्यो सपना पूरा गर्ने छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंकले ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक गरेको...
निजी क्षेत्र संगठित नभए सरकारले हेप्छ : श्रेष्ठ
निजी क्षेत्र संगठित नभए सरकारले हेप्छ : श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई संगठित भएर लाग्न आग्रह गरेका छन् ।सदरमुकाम तम्घासमा आयोजना गरिएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको २९ औं वार्षिक साधारण सभामा बोल्दै श्रेष्ठले व्यवसायीहरु संगठित हुन नसके सरकारले फेरी हेप्ने अवस्थाको सृजना हुने बताए । उनले अहिले नेपाल उद्योग वाणिज्य महासंघले...
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो
कृषि क्षेत्रमा बैंकको लगानी बढ्यो पछिल्लो समय नेपालको कृषि क्षेत्रमा बैंकहरुको लगानी बढ्दै गएको छ । कृषिक्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यवसायिकीकरणतर्फ उन्मुख हुँदै गएपछि बैंकहरुले यस क्षेत्रमा ऋण लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा अहिले ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत कोरोना खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म भारतको अनुदानमा प्राप्त खोप लगाउँदै आएको छ ।
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू
लक्ष्मी बैंकद्वारा स्मार्ट फोन लोन सेवा सुरू लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोन लोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै
गुल्मी चन्द्रकोटका नागरिकलाई आईपीओ निष्कासन गरिदै गुल्मीको चन्द्रकोट गाउँपालिका ६ र ७ का नागरिकहरुलाई लक्षित गर्दै आइपीओ निष्कासन गर्न लागिएको छ । रूरू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि उक्त क्षेत्रका नागरिकहरुलाई लक्षित गर्दै आईपीओ निष्कासन गर्न लागेको हो ।
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने जिल्लामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्याङ्कन गरेर स्तरीकरण गरिने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले गुल्मीका होटल तथा रेस्टुरेण्ट स्तरीकरण गर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र तम्घासका होटल व्यवसायीहरु बिच छलफल गरी स्तरीकरणको लोगो वितरण गर्न...
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक जिल्लाको माथागढी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले आठौँ गाउँसभा मार्फत चालु आर्थिक वर्षको माघ २० गतेसम्मको कार्यक्रम र योजनाहरुको प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए ।
Weather Update