Shittalpati
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड

पाल्पा, सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न पाल्पा अस्पतालाई तीन करोड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले विहीबार अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न उक्त बजेट स्वीकृत गरेको हो ।

यस्तै सरकारले पाल्पा अस्पताल सहित देशका विभिन्न ४१ अस्पताललाई समेत स्रोत थप गरेको छ । अर्थमन्त्रालयले ४१ अस्पतालका लागि एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो ।
मन्त्रालयले पिडियाट्रिक आइसीयुका लागि पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्बीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पतालाई समान तीन/तीन करोड बराबरको बजेट दिएको छ । ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पतालले पनि तीन/तीन करोड बराबरको बजेट पाएका छन् ।

यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई पनि समान तीन/तीन करोड उपलब्ध गराइएको छ । मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताललाई छ करोड, गजेन्द्रनारायण अस्पताललाई नौ करोड, तुल्सीपुर अस्पताललाई नौ करोड र भक्तपुर अस्पताललाई १२ करोड बराबरको स्रोत सुनिश्चित गरिएको छ । आइसीयु भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई एक करोड ८० लाखका दरले बजेट उपलब्ध गराउने सहमति दिइएको छ ।

गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्पताललाई एक करोड २० लाखका दरले स्रोत सुनिश्चित गरिएको छ ।
कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन÷तीन करोड बराबरको बजेट सुनिश्चित गरिएको छ । मन्त्रालयले मेची अस्पताल र धौलागिरी अस्पताललाई ६० लाखका दरले र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र भरतपुर अस्पताललाई दुई करोड ४० लाखको स्रोत सुनिश्चित गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update