पाल्पा(एजेन्सी), एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान सञ्चालन गरेको छ । कम्पनीले अभियान अन्र्तगत ‘डेटा सधैँ अन’ सञ्चालनमा ल्याएको हो ।
आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै एनसेलले नयाँ अभियान ल्याएको छ । यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरूबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैं कनेक्टेड र अन रहन प्रोत्साहन गर्ने एनसेलले जनाएको छ । कोभिड–१९ को महामारीका बीच पनि एनसेलले फोरजी ब्रोडब्यान्ड सेवालाई देशको ५ सय ५० भन्दा बढी स्थानीय तहसम्म विस्तार गरिसकेको जनाएको छ । एनसेलले नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकलाई यस्तो अभियान ल्याएको जनाएको छ । फोरजी सेवाको लाभ लिनका लागि ग्राहकले एनसेलको सिम सजिलै लिन सक्छन् र थ्रिजी सिम प्रगोग गरिरेहेका ग्राहकले नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक स्टोरबाट निःशुल्क आफ्नो सिम फोरजीमा अपग्रेड गर्न अर्थात आफुले चलाई रहेकै नम्बरमा नयाँ फोरजी सिम लिन सक्छन् । आफ्ना ग्राहकलाई सधैँ डिजिटल्ली कनेक्टेड रहन प्रोत्साहित गर्नका लागि यस ‘डेटा सधैँ अन’ अभियानअन्तर्गत विभिन्न सेवा तथा अफरहरु सुलभ दरमा प्रदान गर्न एनसेल प्रतिवद्ध रहेको छ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न डेटा प्याकहरु सुचारु गर्न सक्छन् र विभिन्न अनलाइन प्लेटफर्म जस्तै एनसेल एप तथा वेबसाइटबाट पनि प्याकहरु सुचारु गर्न सकिन्छ ।