Shittalpati
पाल्पामा यामाहाले गर्‍यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर

पाल्पा, पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले जिल्लाका सहकारीहरुसँग छलफल गरेको छ । वक्र्सले आफ्ना ग्राहकहरुको सेवालाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउने उद्देश्यले सहकारीहरुसँग छलफल गरेको हो ।

उसले आफ्नो सेवालाई चुस्त र सहुलियतपूर्ण बनाउन जिल्लाका बैंक तथा वित्तिय संघसंस्थाहरुसँग विगतदेखि नै समन्वय र सहकार्य गर्दै आएको छ । आगामी दिनमा पनि आफ्नो सेवालाई थप ग्राहक मैत्री बनाउन र सहकारीसँगको समन्वयलाई थप दीगो राख्न ज्ञानेन्द्र अटो वक्र्स तानसेन र एमएडब्लूको आयोजनामा ‘फाइनान्स मिट’ कार्यक्रम गरिएको ज्ञानेन्द्र अटो वक्र्स तानसेनका सेल्स म्यानेजर विवेककाजी शाक्यले बताए ।

यामाहा कम्पनीबाट उत्पादित मोटरसाइकल बिक्रीमा भूमिका खेलेका जिल्लास्थित सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र यामाहा कम्पनीका प्रतिनिधिका बीचमा छलफल भएको हो । कार्यक्रममा सहकारीका प्रमुख तथा प्रतिनिधिहरुले यामाहाको प्रोडक्सन सबैको ग्राहकको रोजाईमा परेको भन्दै आफुहरु ज्ञानेन्द्र अटो वक्र्ससँग थप सहकार्य गरेर जाने बताएका छन् ।

ज्ञानेन्द्रका सेल्स म्यानेजर शाक्यले यामाहाले हालसम्म उत्पादन गरेका मोटरसाइल, स्कुटर लगायतका सवारीसाधनको विषयमा जानकारी गराएका थिए । उनले यामाहा कम्पनीले ग्राहकको रोजाई अनुसारका विभिन्न डिजाइन र रुचिका मोटरसाइकल र स्कुटी उत्पादन गर्दै आएको बताए । कार्यक्रममा यामाहा लुम्बिनी प्रदेशका सेल्स म्यानेजर प्रेम सुवेदीले यामाहाका ग्राहकहरुलाई वित्तिय संघसंस्थाहरुसँग सहकार्य गरी यामाहाको सेवालाई थप प्रभावकारी बनाउने बताए ।

यामाहाका रिजनल सेल्स म्यानेजर सन्दिप उपाध्यायले यामाहा कम्पनीले बैंक तथा वित्तीय संस्थासँग मिलेर ग्राहकलाई सहुलियत व्याजदरमा मोटरसाइकल तथा स्कुटी फाइनान्स गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । उनले मोटसाइकल विक्रीमा उपभोक्तालाई सहज सेवा दिने विषयमा यामाहा नेपालले थप योजना सार्वजनिक गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पछिल्लो समय मोटरसाइकल मानविय जीवनमा अत्यावश्यक भएकाले त्यसको विक्री वितरणमा विशेष ध्यान दिन विक्रेता कम्पनीहरुलाई आग्रह गरे ।

ज्ञानेन्द्र अटोले दशैं तिहार लक्षित योजना समेत ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ‘रेस फर द एस’अफर ल्याएको हो । भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कुटरको खरीदमा लागू भएको यो योजनामा सहभागीले ८ हजार देखि १ लाखसम्मको उपहार जित्न सक्ने छन् । यामाहा खरीद गर्दा तत्कालै स्योर सट उपहारमा ८ हजार देखि १ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी, लक्की ड्रमा हरेक हप्ता १ जनाले ४ तोला सुनको एक्कातास जित्न सक्ने यामाहाले जनाएको छ । बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्कातास जितेर ‘रेस फर द एस’को सर्वाधिक भाग्यशाली विजेता बन्न सक्ने यामाहाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update