पाल्पा, दशै नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भने नयाँ नोट दिन थालिसकेको छ । सर्वसाधारणका लागि भने बैंकले असोज ४ गतेदेखि सटही गर्ने बताएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १ सय अंकित दरका नयाँ नोट सटही गर्न पाउने छन् । ती नोटको १/१ बण्डलसम्म सर्वसाधारणले पाउने छन् । एक व्यक्तिले राष्ट्र बैंकबाट १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट पाउने बैंकले जनाएको छ । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकका निश्चित शाखाबाट पनि नोट वितरण गर्ने तयारी गरिएको छ । सर्वसाधारणले आफूलाई पायक पर्ने बैंकको शाखाबाट पनि नयाँ नोट लिन पाउने छन् । गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट सटही गरेको थिएन । यसपालि कोरोनाको संक्रमणमा कमी आएसँगै नयाँ नोट सटही गर्ने निर्णय भएको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ ।
दसैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ । दुुई दशकअघिसम्म सीमित व्यक्तिको पहुुँचमा रहेको नयाँ नोट साट्ने प्रक्रिया पछिल्लो समय सहज बन्दै गएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुुसार सामान्यतया कागजी नोटको आयुु चार वर्षको हुुन्छ । नोटको सुुरक्षा गर्नुुपर्छ भन्ने चेतना नहुुँदा नेपालमा त्यसभन्दा कम समयमै नोट काम नलाग्ने अवस्थामा पुुग्छन् । सामान्यता पाँचदेखि एक सय दरका नोटको आयुु दुुई वर्षभन्दा बढी नहुुँने र पाँच सय तथा हजार दरका नोट भने औसतमा साढे तीन वर्षसम्म टिक्ने गरेको छ ।