Shittalpati
गुल्मीमा २१ करोड बढी राजस्व संकलन
गुल्मीमा २१ करोड बढी राजस्व संकलन जिल्लामा २१ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा करदाता सेवा कार्यालयबाट २१ करोड ६० लाख ४६ हजार राजस्व संकलन भएको हो ।
मेगा बैंकको एकै दिन ६ नयाँ शाखा खुले
मेगा बैंकको एकै दिन ६ नयाँ शाखा खुले मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ६ वटा नयाँ शाखा खुलेका छन् । बैंकले साउन १५ गते देशका विभिन्न स्थानमा नयाँ ६ वटा शाखाको विस्तार गरेको हो ।
बजारमा अस्वस्थकर मासु बिक्री
बजारमा अस्वस्थकर मासु बिक्री बुटवलको बजारमा अस्वस्थकर मासु बिक्री हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा कतिपय पसलमा अस्वस्थकर र सडेको मासु बिक्रीका लागि राखिएको पाइएको हो ।
जलविद्युत कम्पनीको आईपीओ खुल्यो
जलविद्युत कम्पनीको आईपीओ खुल्यो मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले विहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
वृद्धभत्ता घरदैलोमै
वृद्धभत्ता घरदैलोमै हरिनास गाउँपालिकाले जेष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा जेष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।
बाघ संरक्षणमा चुनौती
बाघ संरक्षणमा चुनौती अन्तर्राष्ट्रिय बाघ दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
एनएमबि बैंकको अटो लोन
एनएमबि बैंकको अटो लोन एनएमबि बैंकले छिटो छरितो रुपमा अटो लोन दिने भएको छ । बैंकले प्रतिवर्ष ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने भएको हो ।
तीन वर्षदेखि चामल आयात घट्दै
तीन वर्षदेखि चामल आयात घट्दै लुम्बिनी प्रदेशमा तीन वर्षदेखि चामल आयात घट्दै गएको छ । भैरहवा नाका हुँदै भित्रिने चामलको आयातमा कमी आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना
ग्लोबल आइएमई बैंकले ल्यायो भ्रमण योजना ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भ्रमण योजना ल्याएको छ । कोभिड–१९ को महामारीका कारण प्रभावित बनेको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने गरी बैंकले कर्मचारीहरुका लागि भ्रमण योजना ल्याएको हो ।
व्यावसायिक दूध उत्पादन गर्न कृषकलाई भैँसी
व्यावसायिक दूध उत्पादन गर्न कृषकलाई भैँसी स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो ।
आरन व्यवसायीलाई आधुनिक औजार
आरन व्यवसायीलाई आधुनिक औजार तिलोत्तमा नगरपालिकाले आरन व्यवसायीलाई आधुनिकन औँजार तथा उपकरण प्रदान गरेको छ । आरन व्यवसाय लोप हुँदै जाने अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त्यसको आधुनिकीकरणको लागि आरन व्यवसायीलाई विभिन्न औँजार तथा उपकरण निःशुल्क उपलब्ध गराएको हो ।
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’
‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।
Weather Update