कला संरक्षणमा ध्यान देऊ
बुधबार, वैशाख ३, २०८२

नयाँ वर्षको स्वागत
सोमबार, वैशाख १, २०८२
आज नयाँ वर्षको आरम्भिक दिन । २०८१ साललाई विदाई गरेर आजैदेखि २०८२ लाई स्वागत गर्दैछौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर ८१ हामीबाट बिदा लिएको छ । ८२ साललाई आपसमा शुभकामना दिँदै स्वागत गर्दैछौं । देशभरि नै यस दिनलाई आपसमा शुभकामना आदान–प्रदान गर्ने र आगामी समयका लागि सङ्कल्प गर्ने...

हावाहुरीको जोखिमबाट बचौं
आइतबार, चैत ३१, २०८१
वर्षा याम प्रारम्भ हुनअघि हावाहुरी, मेघगर्जन, चट्याङ पर्नु अस्वाभाविक होइनन् । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण भौतिक क्षतिका अतिरिक्त मानवीय क्षतिका भएका समाचार आइरहेका छन् ।

मानव अन्तरिक्ष विमान दिवस र यसको सार्थकता
शनिबार, चैत ३०, २०८१
नेपाल सहित विश्वभर आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । त्यो सुखद्...

व्यवस्था कमजोर नबनाऔं
शुक्रबार, चैत २९, २०८१
अहिले मुलुकले अभ्यास गरिरहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली हो । यो राजनीतिक प्रणालीभित्र रहेर मुलुकको राजनीति चलिरहेको छ । तर राजनीतिक प्रणालीको हिसाबले इतिहास भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबखत दिने अभिव्यक्तिले भने मुलुकको राजनीति तरंगित भइरहेको छ ।

शोध खोज सोंच र ओजपूर्ण कृति : आत्मबोध
बिहीबार, चैत २८, २०८१
पाल्पा राज्यको जग रिब्दीकोट रियासतबाट शुरू भई पुरानाकोट हुँदै पाल्पा भएको हो । यही पाल्पा अहिले नेपालको लुम्बिनी प्रदेशको एक पहाडी जिल्लाकरुो रूपमा अवस्थित छ । पाल्पालाई दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा विभक्त गरिएको छ । जसमध्ये एउटा रिब्दिकोट गाउँपालिका पनि हो ।

वायु प्रदूषणको कहर
बिहीबार, चैत २८, २०८१
नेपाली आकाश यति बेला घुर्मैलो देखिन थालेको छ । मौसमी प्रणालीमा आएको सामान्य परिवर्तनसँगै वायुमण्डलमा धुलो र धुवाँका तह जम्मा भएर प्रकाश छिर्न मुस्किल पर्ने गरी छेक्न थालेको छ । हिउँद महिनामा बर्सेनि देखिने यो समस्यासँगै वायु प्रदूषणको समस्या फेरि चर्चामा छन् ।

डढेलोबाट वन जोगाऔं
बुधबार, चैत २७, २०८१
हाल सुख्या मौसम भएकोले यतिबेला देशभरीका वनहरुमा आगोलागी हुने क्रम बढेको । फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । मुलुकका धेरै...

शिक्षक आन्दोलनप्रति गम्भीर बन
मंगलबार, चैत २६, २०८१
देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् ।

स्वास्थ्य दिवसको सार्थकता
सोमबार, चैत २५, २०८१
नेपालसहित विश्वर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । मानव शरीर स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

‘तानसेन सम्पदा संरक्षण समाज’ र यसको दायित्व
आइतबार, चैत २४, २०८१
जहाँ सार्वजनिक सम्पदाहरुलाई सार्वजनिक सम्पति मानेर संरक्षण र सम्वद्र्धन गरिन्छ त्यहाँ सार्वजनिक पहिचान एवं समृद्धिको मार्ग खुलेको देखिन्छ । कतिपय जिल्लाहरुले त आफ्ना सम्पदा नभएमा अन्य जिल्ला वा स्थानसँगको सहकार्यमा संरक्षण, सम्वद्र्धन गर्दै व्यवहारिक उपयोग गरेर आफ्नो जिल्लाको पहिचान बनाएका पनि देखिन्छन् ।

विकास र शान्तिको लागि खेलकुदको भूमिका
आइतबार, चैत २४, २०८१
खेलकुदले सामाजिक परिवर्तन, समुदायको विकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । त्यही योगदानको सम्मान गर्दै हरेक वर्षको अप्रिल ६ तारीखको दिन अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

चैते दशैंको सन्दर्भ
शनिबार, चैत २३, २०८१
नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दशैं मनाउने प्रचलन छ । अष्टमीको दिनलाई चैते दशै र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ...