Shittalpati
जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका ८ बहादुरपुरका जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार दिइएको छ । चिसोका कारण सबै भन्दा बढी जेष्ठ नागरिक प्रभावित हुने भन्दै गाउँपालिकाले वडाका कार्यालयको संयोजनमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडासँगै पौष्टिक आहार दिएको हो ।

जेष्ठ नागरिक समाजका पदप्रदर्शक रहेकाले उनीहरुको सम्मान स्वरुप न्यानो कपडा र पौष्टिक आहार वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडाका ८० वर्ष काटेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा र पौष्टिक आहार प्रदान गरिएको वडा अध्यक्ष दिलबहादुर ढेंगाले बताए । उनले जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार वितरण गर्दै जेष्ठ नागरिकलाई सम्मान गर्नु सबैको दायित्व रहेको भन्दै सबैले सम्मान गर्नु पर्नेमा जोड दिए । जेष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रमले उनीहरुलाई फाइदा पुग्ने वडा अध्यक्ष ढेंगाले विश्वास व्यक्त गरे । बहादुरपुरका २२ जना ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार दिइएको थियो । न्यानो कपडा अन्तर्गत फाइबर सिरक, पौष्टिकका लागि हर्लिस र फलफूल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update