Shittalpati
एसईई वैशाख ९ गतेदेखि हुने

पाल्पा, माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी गराइएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update