Shittalpati
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु
पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु पाल्पामा फोटो खिच्ने क्रममा खोलामा डुवेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डुवेर मृत्यु भएको हो ।
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ?
सवारी साधनको भाडा फेरी बढ्यो, पाल्पा–काठमाडौंको कति ? सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागू हुनेगरी ५.१ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुबाहक सवारी ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा ४.६ र तराइको बाटोमा सञ्चालन हुने सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ । भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ८ सय ७८ भाडादर कायम...
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता...
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन
माथागढीमा एक हजार दुई सय २८ ‘अव्यवस्थित’ र ‘सुकुम्वासी’ले दिए निवेदन जिल्लाको माथागढी गाउँपालिकामा जग्गा प्राप्तिका लागि एक हजार दुई सय २८ भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीले निवेदन दिएका छन् । ३५ दिनको अवधिमा एक हजार दुई सय ५ अव्यवस्थित र २३ सुकुम्बासीहरुले निवेदन दिएको गाउँपालिकाका अमिन लक्ष्मण घिमिरेले बताए । वडा वडाबाट संकलन भएका निवेदनहरु ल्याउने काम भइरहेको उनले जानकारी...
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला जिल्लाको बगनासाली गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी विजयी भएकी छन् । उनले ६ हजार ४ सय ६६ मत ल्याई अध्यक्षमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । चिदी निर्वाचित भएसँगै...
गुल्मीमा सकियो मतगणना: पाँच पालिकामा काँग्रेस, चारमा माओवादी, तीनमा एमाले विजयी
गुल्मीमा सकियो मतगणना: पाँच पालिकामा काँग्रेस, चारमा माओवादी, तीनमा एमाले विजयी दुई नगरपालिका र दश गाउँपालिकाका रहेको गुल्मीका मतगणना सकिएको छ । यहाँ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको आन्तिम मतपरिणाम सार्वजनिक हुँदा काँग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेको छ भने, माओवादीले चार र एमालेले तीन पालिकाको प्रमुखमा जित हासिल गरेको छ । चार स्थानीय तहमा एमालेले उपप्रमुख जितेको...
एकैपटक १० रुपैयाँले बढ्यो इन्धनको मूल्य
एकैपटक १० रुपैयाँले बढ्यो इन्धनको मूल्य नेपाल आयल निगमले इन्धनमा फेरी मूल्य वृद्धि गरेको छ । स्थानीय तहको चुनावको भोलिपल्ट उसले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल प्रतिलिटर १...
तानसेन नगरपालिकामा गठबन्धन विजयी
तानसेन नगरपालिकामा गठबन्धन विजयी जिल्लाको तानसेन नगरपालिकामा गठबन्धन विजयी भएको छ । यहाँ नेपाली काँग्रेसका सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन् । उनले ११ हजार २ सय ७३ मत ल्याएर नगर प्रमुखमा विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत ल्याए ।
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
गुल्मीको कालिगण्डकीमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी जिल्लाको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार बनेका वेदबहादुर थापा पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी
पाल्पाको रैनादेवी छहरामा गठबन्धन विजयी जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ अध्यक्षमा नेपाली काँग्रेसका रुक्मागत भट्टराई विजयी भएका छन् । उनले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए । २०७४ सालको स्थानीय निर्वाचनमा पनि...
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित
तानसेनमा दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित जिल्लाका दुई पत्रकार वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेश कुमार अर्याल तानसेन नगरपालिका –९ को वडा अध्यक्ष र नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य सोमनाथ अर्याल तानसेन नगरपालिका –८ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
Weather Update