Shittalpati
तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा, जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जना युवकको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा आइतबार लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार रहेको बुझिएको छ । मोटरसाईकल चालक मस्यामकै २४ वर्षीय जनक राना घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update