आज लोकतन्त्र दिवस देशभर मनाइँदै
आइतबार, वैशाख ११, २०७९

‘लैङ्गिक हिंसा र असमानताविरुद्ध समाचार लेख्नुहोस्’
आइतबार, वैशाख ११, २०७९
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले समाजमा भएका लैङ्गिक हिंसा र असमानताविरुद्ध निरन्तर समाचार लेख्न महिला पत्रकारहरुलाई आग्रह गरेका छन् । महिला र बालबालिकामाथि भएको हिंसाले समाजलाई दूषित बनाएको उल्लेख गर्दै उनले यसविरुद्ध महिला पत्रकारले अभियानका रुपमा कलम चलाउनुपर्ने बताए ।
.jpg)
गुल्मीका उद्यमीलाई सहजीकरण
आइतबार, वैशाख ११, २०७९
जिल्लाका उद्यमीहरुलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रिया सम्बन्धी सहजीकरण गरिएको छ । उद्यमीहरुलाई व्यवसायिक योजना बनाउन र व्यवसायीलाई आवश्यक पर्ने ऋण लिने प्रक्रियामा सहज बनाउन सहजीकरण गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका विभिन्न क्षेत्रका उद्यमीहरुलाई एक कार्यक्रमको आयोजना गरी सहजीकरण गर्ने काम गरेको छ ...

एमालेद्वारा पाल्पाका दशवटै स्थानीय तहमा उम्मेदवार चयन
आइतबार, वैशाख ११, २०७९
नेकपा एमाले पाल्पाले १० वटै पालिकाका प्रमुख, उप प्रमुखको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेले केही नयाँ अनुहार र केही पुरानालाई ल्याएर जिल्लाको दुई नगर र आठ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।
.jpg)
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा विजयी
शनिबार, वैशाख १०, २०७९
पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विक्रम राणा विजयी भएका छन् । शुक्रबार भएको संघको अधिवेशनबाट राणा विजयी भएका हुन् ।

पाल्पामा गठबन्धनको भागबण्डा टुंग्यो, काँग्रेसलाई ६, एस र माओवादीलाई २/२ पालिका
शनिबार, वैशाख १०, २०७९
लामो छलफल पछि पाल्पामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । आसन्न स्थानीयतह निर्वाचनका लागि शनिबार बसेको गठबन्धनको बैंठकले पाल्पाका १० वटा स्थानीय तहमा भागबण्डा टुंगो लगाएको हो ।

बेमौसमी तरकारीबाट मनग्य आम्दानी
शनिबार, वैशाख १०, २०७९
सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन सकिन्छ कि भन्ने मनसायले उनले तरकारी खेती सुरु गरे ।

मुक्तिनाथ बैंकले दियो विपन्नलाई जस्तापाता
शनिबार, वैशाख १०, २०७९
मुक्तिनाथ विकास बैंकले विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको हो ।

बिरामी अर्थतन्त्रको उपचार गर
शनिबार, वैशाख १०, २०७९
संकटोन्मुख अर्थतन्त्र बचाउन इमानदार प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि छानबिन गर्ने भन्दै निलम्बन गरिएको थियो ।

अडान पाल्पाको छैठौं अधिवेशन
शुक्रबार, वैशाख ९, २०७९
दर्तावाला लेखापरीक्षकहरुको पेशागत छाता संगठन अडिटर्स एशोसिएशन अफ नेपाल (अडान) पाल्पाको जिल्ला अधिवेशन भएको छ । अडानको शुक्रबार एक कार्यक्रमका बिच छौठौं अधिवेशन भएको हो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सोमप्रसाद पौडेल पुनः चयन भएका छन् ।

पाल्पा र गुल्मीमा एसइईको पहिलो दिन २ सय ८ परीक्षार्थी अनुपस्थित
शुक्रबार, वैशाख ९, २०७९
देशैभर शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन पाल्पा र गुल्मीमा २ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा १ सय ७७ जना नियमित तर्फका र ३१ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।

आज विश्व पृथ्वी दिवस मनाइँदैं
शुक्रबार, वैशाख ९, २०७९
आज विश्व पृथ्वी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाइँदै छ । संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार १९२ भन्दा बढी राष्ट्रहरूमा यो दिवस मनाउन लागिएको हो ।