रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
बुधबार, असार २२, २०७९
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन
बुधबार, असार २२, २०७९
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एकवर्ष भन्दा बढी समयदेखि रिक्त रहेका छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन ...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बुधबार, असार २२, २०७९
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो ।
एकै दिन ९० जनामा कोरोना
मंगलबार, असार २१, २०७९
एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु
मंगलबार, असार २१, २०७९
जिल्लाको मदाने गाउँपालिका वडा–१ अग्लुङमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ । सोही ठाउँका १४ वर्षीय चन्द्र विष्टको चट्याङ लागेर मृत्यु भएको हो ।
रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो
मंगलबार, असार २१, २०७९
रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका चार जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गयो
मंगलबार, असार २१, २०७९
गुल्मीमा करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिंग्ले सलुनीटोलका ५९ वर्षीय गोपाल सार्कीको करेन्ट लागेर ज्यान गएको हो ।
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु
मंगलबार, असार २१, २०७९
रिडी नदीमा डुवेर तीन वर्षीय बालकको मृत्यु भएको छ । गुल्मी छ्त्रकोट गाउँपालिका–६ अर्चलेखेतस्थित रिडी नदीमा पौडी खेल्ने क्रममा डुवेर रैनादेबी छहरा गाउँपालिका–३ छचुवाका पूर्णबहादुर कुमालको तीन वर्षीय छोरा मनिषबहादुर कुमालको मृत्यु भएको हो ।
बैंकमा पैसा राख्नेमा लुम्बिनी प्रदेशका कुन जिल्ला अघि ?
मंगलबार, असार २१, २०७९
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडी परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।
अप्पर सोलुको खुल्यो आईपीओ
मंगलबार, असार २१, २०७९
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १ सय का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
४० कोरोना संक्रमित थपिए
मंगलबार, असार २१, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ४० जना संक्रमित थपिएका हुन् ।
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
सोमबार, असार २०, २०७९
भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
हतियारसहित तीन भारतीय पक्राउ
सोमबार, असार २०, २०७९
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।

.jpg)
