नवजनचेतना राष्ट्रिय दैनिक २०७९ साउन १ गते आइतबार
आइतबार, साउन १, २०७९
रिब्दीकोटमा एक वृद्धा मृत फेला
शनिबार, असार ३२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।
पाल्पामा ३५ करोड ३० लाख बेरुजु, कुन पालिकामा कति ?
शनिबार, असार ३२, २०७९
आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा ३५ करोड ३० लाख ३८ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा जिल्लाका १० वटा पालिकाको कुल लेखापरीक्षक रकम १२ अर्ब ९१ करोड ८४ लाख ४३ हजार मध्ये ३५ करोड ३० लाख ३८ हजार अर्थात् २ दशमलव...
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड
शनिबार, असार ३२, २०७९
इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।
१० खर्ब ३५ अर्ब राजश्व संकलन
शनिबार, असार ३२, २०७९
सरकारले शुक्रबारसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व संकलन गरेको छ । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व संत्रलन गर्ने लक्ष्य राखेकोमा हालसम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबरको राजश्व संकलन गरेको हो ।
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
शनिबार, असार ३२, २०७९
पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
४० लाख पुगे करदाता
शुक्रबार, असार ३१, २०७९
करको दायरामा आउने करदाताको संख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औँ प्रतिवेदनअनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १ सय ७ करदाता पुगेका हुन् ।
युवा दक्षता दिवसको सार्थकता
शुक्रबार, असार ३१, २०७९
हरेक वर्ष जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस मनाउने गरिन्छ । यसवर्ष पनि आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि विश्वभरका युवाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस...
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन
शुक्रबार, असार ३१, २०७९
तानसेन बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पुनर्गठन भएको छ । उर्मिला विकको संयोजकत्वमा परिषद्को विहीबार पुनर्गठन गरिएको हो । जसको सह संयोजककम मिलन आले, सचिव विपिन नेपाली, सह सचिव गणेश बस्याल, कोषाध्यक्ष सपना राना रहेका छन् ।
वैजुको सम्पदा कलाकृति
बिहीबार, असार ३०, २०७९
भूगोल प्रसाद वैजु श्रेष्ठ तानसेनवासीको लागि एक परिचित नाम हो । विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका वैजु जुनसुकै समयमा पनि कुनै न कुनै काममा क्रियाशिल रहन्छन् ।
महिलालाई आयआर्जनमा जोड्न गुडिया र कुसन बनाउने सिप
बिहीबार, असार ३०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले महिलाहरुलाई आयआर्जनमा जोड्न विभिन्न सिपहरु सिकाउँदै आएको छ । पालिकाले यहाँका महिलाहरुलाई सिप सिकेर आयआर्जनमा जोडी आत्मनिर्भर बनाउने विभिन्न किसिमका सिपहरु सिकाउँदै आएको हो ।
राम्रो कामको निरन्तरता : साधन, स्रोतको मितव्ययिता
बिहीबार, असार ३०, २०७९
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित कतिपय जनप्रतिनिधिले धेरैजसो पालिकामा पहिले कै कामलाई निरन्तरता दिएकोर केहीले निवर्तमान जनप्रतिनिधिले सुरु गरेका कामलाई वास्ता नगरी नयाँ योजनाकै बाहुल्यतालाई जोड दिएका समाचारहरु आइरहेका छन् ।


