आज विश्व पृथ्वी दिवस मनाइँदैं
शुक्रबार, वैशाख ९, २०७९

आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै
शुक्रबार, वैशाख ९, २०७९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष...

जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै
शुक्रबार, वैशाख ९, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका ६ जनप्रिय मावि हेक्लाङका विद्यार्थीहरु विद्यालयमै बसेर एसइईको तयारी गरिरहेका छन् । विद्यालयले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई विद्यालयमै खाना, खाजा तथा बासको व्यवस्था मिलाएसँगै उनीहरु शिक्षकको सहयोगमा एसइईको तयारी गरिरहेका हुन् । विद्यालयले चैत्र ४ गतेदेखि विद्याथीहरुलाई विद्यालयमै राखेर परीक्षाको तयारीमा लगाएको हो ।

एनसेलको नयाँ योजना : इन्डलेस कम्बो प्याक
शुक्रबार, वैशाख ९, २०७९
एनसेल आजियाटा लिमिटेडले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ वर्ष योजना ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले नयाँ योजनामा भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ ।

धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
बिहीबार, वैशाख ८, २०७९
धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

रामपुरमा सुरू भयो बेल विवाह
बिहीबार, वैशाख ८, २०७९
जिल्लाको रामपुरमा बेल विवाह अर्थात् सामुहिक ईहि यज्ञ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यज्ञको बिहीबारदेखि विधिवत रुपमा सुरु भएको हो । नेवाः समाज रामपुरको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको जनाइएको छ ।

पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
बिहीबार, वैशाख ८, २०७९
आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।

प्रविधिमैत्री बन्दै कुसुम सहकारी
बिहीबार, वैशाख ८, २०७९
पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कुसुम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड प्रविधिमैत्री बन्दै गएको छ । स्थापनाको छोटो समयमै सहकारीले आफ्नो सेवालाई प्रविधिसँग जोड्दै लगेको हो । उसले सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि चेक, मोबाइल एप्स र एस.एम.एस सेवाको सुरुवात गरेको छ ।

माथागढीले निर्माण गर्यो मातृभाषामा पाठ्यपुस्तक
बिहीबार, वैशाख ८, २०७९
जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।
.jpg)
गुल्मी महोत्सवमा ६ करोड कारोवार
बिहीबार, वैशाख ८, २०७९
जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन भएको महोत्सवमा ६ कारोडको कारोबार भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिव ६ करोड बढीको आर्थिक कारोवार भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
बुधबार, वैशाख ७, २०७९
जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।

नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
बुधबार, वैशाख ७, २०७९
नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।

स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
बुधबार, वैशाख ७, २०७९
आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।