आज मंगल चौथी व्रत
मंगलबार, वैशाख ८, २०८३
आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीको उत्कृष्ट प्रदर्शन
सोमबार, वैशाख ७, २०८३
पच्चीसौँ आइटीएफ टेक्वान्डो राष्ट्रिय प्रतियोगिता २०८३ र दोस्रो अण्डर १५ स्कुल आइटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौँको दशरथ रङशालामा यही वैशाख ४ र ५ गते भएको राष्ट्रिय प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
आज परशुराम जयन्ती मनाइँदै
आइतबार, वैशाख ६, २०८३
वैशाख शुक्ल तृतीयाका दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा उनको जन्म भएको हो ।
अस्पतालहरूमा पनि सातामा दुई दिन सार्वजनिक बिदा
शनिबार, वैशाख ५, २०८३
सरकारी अस्पतालमा पनि साताम दुई दिन बिदा कायम हुने भएको छ । अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू चौबिसै घण्टा सञ्चालनमा राख्दै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने भएको हो ।
मेलाले पारेको झमेला : विवादित ‘तानसेन नगर सरकार’
शुक्रबार, वैशाख ४, २०८३
तानसेनको टुँडिखेलमा आयोजना गरिएको ‘साँस्कृतिक धमाका तथा खाना महोत्सव’ यति बेला विवादित बनेको छ । पाल्पा तानसेन नाट्यकला साँस्कृति समूहको मुख्य आयोजना, तानसेननगरपालिकाको संरक्षकत्व र तानसेन –६ वडा कार्यालयको सह–आयोजनामा तीन दिनसम्मसञ्चालन भएको मेलामा सार्वजनिकस्थल नै कब्जागरी सर्वसाधारण नागरिकलाई प्रवेश निषेध गरेपछि महोत्सव विवादित बनेको हो ।
रामपुरमा आरोग्य दिवस मनाइयो
बिहीबार, वैशाख ३, २०८३
जिल्लाको रामपुरमा प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
कालीगण्डकी नदीमा बेपत्ता मध्ये एक मृत फेला
बुधबार, वैशाख २, २०८३
जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जना मध्ये एक जना मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका –९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार विहान मृत अवस्थामा भेटिएका हुन् ।
पाल्पा काँग्रेसले सुरु गर्यो ‘जरा अभियान’
शनिबार, चैत २८, २०८२
नेपाली काँग्रेस पाल्पाले ‘जरा अभियान’ सुरु गरेको छ । केन्द्रीय समितिको परिपत्र अनुसार काँग्रेसले जिल्ला कार्यसमितिको बैंठक बसी गत विहिबारदेखि जिल्लामा अभियान सुरु गरेको हो ।
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि
शुक्रबार, चैत २७, २०८२
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।
तानसेनमा मेगा बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ
बिहीबार, चैत २६, २०८२
जिल्लाको तानसेन नगरपालिका –३ शितलपाटीमा रहेको नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


