लोक दोहोरी प्रतिष्ठान पाल्पाद्वारा श्रीनगरमा बनभोजसँगै सांस्कृतिक कार्यक्रम
शुक्रबार, चैत १५, २०८१

राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।

अराजक बन्दै राजावादीको प्रदर्शन
शुक्रबार, चैत १५, २०८१
राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।

पाल्पा अस्पतालले मनायो ११३ औँ वार्षिकोत्सव
शुक्रबार, चैत १५, २०८१
पाल्पा अस्पतालले ११३ औं वार्षिकोत्सव मनाएको छ । वि.सं. १९६९ मा स्थापना भएको अस्पतालले एक भव्य समारोहकाबिच पहिलो पटक वार्षिकोत्सव मनाएको हो ।

मातृशिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रदेश सरकार
शुक्रबार, चैत १५, २०८१
लुम्बिनी प्रदेश सरकारले बढ्दो मातृ तथा शिशु मृत्युदर घटाउन विशेष अभियान सञ्चालन गरेको छ । प्रदेशमा सबै भन्दा बढी मातृशिशु मृत्युदर रहेकाले त्यसलाई कम गर्न प्रदेश सरकारले पाल्पाबाट अभियानको सुरुवात गरेको हो ।

सदनदेखि सडकसम्म चर्कियो आन्दोलन
बिहीबार, चैत १४, २०८१
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सदनदेखि सडकसम्म आन्दोलन चिर्र्किएको छ । प्रतिपक्षी दलका सांसदहरुले बुधबारको संघीय संसद्का दुवै सदनमा आन्दोलन चर्काए भने घिसिङका समर्थकहरुले प्राधिकरणको कार्यालय अगाडि सडकमा प्रदर्शन गरे ।

आज विश्व रङ्गमञ्च दिवस मनाइँदै
बिहीबार, चैत १४, २०८१
आज विश्व र·मञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विस·तिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु
बुधबार, चैत १३, २०८१
माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो ।

गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु
बुधबार, चैत १३, २०८१
गुल्मीमा बाँदर धपाउन खोज्दा महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको बाँदर धपाउनका लागि राखिएको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।

बगनासकालीमा रुखबाट लडेर एकको मृत्यु
बुधबार, चैत १३, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।

तानसेन नगर प्रज्ञा –प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका ३५ व्यक्ति सम्मानित
बुधबार, चैत १३, २०८१
तानसेन नगर प्रज्ञा – प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले नगरको भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, परम्परा, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, रितिरिवाज, जात्रा, मेलापर्व समाजसेवा लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ३५ जना ब्यक्तिहरुलाई एक कार्यक्रमकाबिच मंगलबार तानसेनमा सम्मान गरेको हो ।

जनताका हिरो कुलमान हटाइए
मंगलबार, चैत १२, २०८१
मुलुकमा अँध्यारो युगको अन्त्य गर्दै उज्यालोतर्फ डो¥याएर ‘जनताका हिरो’ बनेको विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो ।

ओरालो लागेको पुँजीबजार थामिएर हरियाली
सोमबार, चैत ११, २०८१
गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार सोमबार थामिएर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अंकले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो