तानसेन, तानसेनको टुँडिखेलमा आयोजना गरिएको ‘साँस्कृतिक धमाका तथा खाना महोत्सव’ यति बेला विवादित बनेको छ । पाल्पा तानसेन नाट्यकला साँस्कृति समूहको मुख्य आयोजना, तानसेननगरपालिकाको संरक्षकत्व र तानसेन –६ वडा कार्यालयको सह–आयोजनामा तीन दिनसम्मसञ्चालन भएको मेलामा सार्वजनिकस्थल नै कब्जागरी सर्वसाधारण नागरिकलाई प्रवेश निषेध गरेपछि महोत्सव विवादित बनेको हो ।
नयाँ वर्ष २०८३ को शुभारम्भसँगै चैत्र २९, ३० रवैशाख १ गते टुँडिखेलमा चलेको महोत्सवमा आयोजकलेमेला सञ्चालन गरिएको ठाउँ भन्दा बाहिरको क्षेत्र समेत कब्जा गरी टुँडिखेल घुम्न जानेहरुलाईप्रवेश निषेध गरेपछि सामाजिक सञ्जालदेखि स्थानीयस्तरमा आयोजकको सर्वत्र आलोचनाभएको छ । आयोजकले नयाँ वर्षको दिन मेला परिषर भन्दा बाहिर घुम्न आएका नागरिकहरुलाई प्रवेशमा निषेध गरेको थियो । टिकट काटेरजानेहरुलाई मात्र टुँडिखेल मैदान प्रवेश दिइएको थियो । मसान्तको रात नयाँ वर्षलाई स्वागतका लागि टुँडिखेल पुगेका सयौं स्थानीयले मेलाको बहानाबनाएर सार्वजनिकस्थल नै कव्जा गर्ने रणनीति आफैमा नगरसरकारको गैरजिम्मेवारीपनाभएको आरोप लगाएका छन् । मेलास्थलमा शुल्क तिर्नेहरु बाहेक अरु सबैलाई मेलाले कभरगरे भन्दा बाहेका स्थान मै प्रवेश निषेध गर्ने कार्य आफैमा गलत भएको त्यहाँपुग्नेहरुको बताउँछन् । मेलाका बेला नयाँ बर्षको पुर्वसंध्यामा टुँडिखेल प्रवेशमै रोक लगाउनु आफैमा गैरजिम्मेवार काम भएको त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा नागरिक समाज पाल्पाका अध्यक्ष भेषराजसुवेदीले गुनासो गरे । उनले अमुक संस्थाको फाइदाका लागि नववर्षको दिन आमजनतालाई सार्वजनिक स्थल जस्तो टुँडिखेल मैदानमा प्रवेश निषेध गर्नु कति जायज हो ? भन्दैनगरपालिकालाई प्रश्न गरेका छन् । प्राध्यापक सुवेदी त प्रतिनिधी पात्र मात्रै हुन् । त्यहाँपुग्ने सयौं नागरिकको यस्तै गुनासो छ । मेलाको विषयमा नगर सरकार प्रवक्ता भने बेखबर छन् । प्रवक्ता कार्कीे भन्छन् “मेलाका विषयमा मलाई केही पनि थाहा छैन्, पैसा तिरेमात्र टुँडिखेल प्रवेश दिने अन्यथा नदिएको भन्ने गुनासो म सँग पनि आएको हो ।” यस्तोभएको हो भने उक्त विषय गलत भएको उनको भनाई छ । यस विषयमा बुझ्न खोज्दा सह–आयोजकको रुपमारहेका वडा अध्यक्ष सागरमान महर्जनले भने आफुहरुको बचाउ गरे । मेलामा प्रवेश गर्दाशुल्क तिर्न नसक्ने र आर्थिक लाभ नपाएका कतिपय पत्रकारहरुका कारण विरोध भएको आरोप लगाए । उनले जंगिदै भने “यस्ता कुराबाट मलाईकेही फरक पर्दैन्, अर्को बेला कल्सल्ट गर्दा हामी एक हप्ता बन्द गर्छौ, कसले के गर्न सक्छ ?, म बेहोर्न तयार छु ।” आयोजकले कानूनी प्रावधान सबै पुरा गरेर आवश्यक करसमेत तिरेर कन्सल्ट आयोजना गरेको अध्यक्ष महर्जनले बताए । उनले भने “ कर तिरेर कन्सल्टआयोजना गर्न पाईदैन भन्ने कहाँ छ र ?,पैसा नतिरी छिर्न खोज्नेहरुको हल्लाले वडाडराउँदैन् ।” उनले अरु बेला बाहिर जाने त्यही दिन टुँडिखेल चाहिनेहरुका लागिअप्ठ्यारो भएको बताए ।
तानसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गा थापाले पनि आफुसँग गुनासो आएको बताए । उनले आफुहरुको नियतमा कुनै खोट नभएको तर नागरिकका सुझावलाई आत्मसाथ गरी अगाडि बढ्ने बताए । उनले भने “नगरसरकारकोमनसाय त्यस्तो होईन्,,संस्कृतिको प्रवद्र्धन गर्ने कामका लागि भएको हो ।” दृष्टिपात्रोडटकमका सम्पादक भविन्द्र गौतमले सार्वजनिकस्थलमा नागरिकलाई निषेध गर्ने काम राम्रोनभएको बताए । आयोजक संस्था नाट्यकला साँस्कृति समूहका अध्यक्ष किरण चित्रकारले नगरसरकारका सबै प्रक्रिया पुरा गरेर नयाँ बर्षमा पर्यटक ल्याउँने सोंचका साथ कार्यक्रमआयोजना गरेको बताए । उनले कलाकारल्याउँदा र व्यवस्थापन गर्दा भएको खर्चका लागि टिकट काट्नु परेको बताए । चित्रकारले सबैदिनटुँडिखेल बन्द भने नगरेको बताए । विभिन्न समयमा हुने मेलाका नामबाट विवादमातानिएको तानसेन सरकार यो पटक पनि विवादित भयो नि ? भन्ने जिज्ञासामा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले भने काम गर्नेक्रममा कहि न कही केही गल्ति भए होलान्, आगामी दिनमा सच्याएर अगाडि बढ्ने आशय व्यक्त गरे ।


