पाल्पा,पच्चीसौँ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता २०८३ र दोस्रो अण्डर १५ स्कुल आइटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा पाल्पाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । काठमाडौँको दशरथ रङशालामा यही वैशाख ४ र ५ गते भएको राष्ट्रिय प्रतियोगितामा उनीहरुले उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पाल्पाका खेलाडीले २ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । प्रतियोगितामा महिलातर्फ एकल स्पाइरिङ ४०-४५ केजी समूह र रातोपेटी प्याटर्नमा कसुमी थापाले दुई स्वर्ण पदक जित्न सफल भएकी छन् । यस्तै सनम घर्तीले २०-२५ केजी एकल स्पेयरिङ ,हरियोपेटी प्याटर्न, दीपा सारुले हरियोपेटी प्याटर्न, रोशनी थापाले ग्रुप स्पेरिङ, कविता रानाले ७५ प्लस केजी समूह, एञ्जल रेग्मीले ग्रुप स्पेरिङमा रजत पदक जित्न सफल भएका छन् । यस्तै दीपा सारुले महिला २०–२५ एकल स्पेयरिङ, रोशनी थापाले एकल स्पेयरिङ ५५-६० केजी, रञ्जित दर्लामीले कालोपेटी प्याटर्न र ५० देखि ५५ केजी एकल स्पेयरिङमा कास्य पदक हात पारेको पाल्पा आईटीएफ तेक्वान्दो संघका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए । प्रतियोगितामा संघका उपाध्यक्ष पाँचौं डान थापाले रेफ्रीको कुसल भूमिका समेत निर्वाह गरेका थिए । यहाँका खेलाडीहरुले विगतका राष्ट्रिय प्रतियोगिताहरुमा समेत उत्कृष्ट प्रदर्शन गर्नुको साथै थुप्रै पदकहरु जित्न सफल भएका थिए । रोल्पामा सम्पन्न २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा समेत यहाँका खेलाडीहरुले २ स्वर्ण सहित ७ पदक जित्न सफल भएका थिए ।


