Shittalpati
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ  बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।   
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैंक अर्थात् कपडा बैंकको शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा गाउँपालिकाले कपडा बैंकको सुरुवात गरेको हो ।
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रकेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।
 पाल्पामा नृत्य निर्देशक संघ गठन
 पाल्पामा नृत्य निर्देशक संघ गठन जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन  भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
पाल्पामा प्राविधिक शिक्षक समिति गठन
पाल्पामा प्राविधिक शिक्षक समिति गठन पाल्पामा पहिलो  पटक  प्राविधिक  शिक्षक समिति (TTA पाल्पाको  गठन  भएको  छ ।
उपप्रधानमन्त्री यादवले दिए राजीनामा
उपप्रधानमन्त्री यादवले दिए राजीनामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।
पाल्पामा भिसिटिएसबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया  
पाल्पामा भिसिटिएसबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया   पाल्पाको तानसेनमा उद्योगी–व्यवसायीसँग ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया गरिएको छ ।  पाल्पा उद्योग वाणिज्य संघले  राजस्व अनुसन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा एक दिने (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुपर्छ  : सभापति श्रेष्ठ
राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुपर्छ  : सभापति श्रेष्ठ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले राजनीति चुनाव केन्द्रित नभई नतिजा केन्द्रित हुनुु पर्ने बताएका छन् । नेपाली काँग्रेस प्रशिक्षण शाखा पाल्पाले निस्दीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अहिलेको आवश्यकता नतिजा केन्द्रित राजनीति रहेको बताएका हुन् ।
रामपुरमा मादल बजाउने तालिम
रामपुरमा मादल बजाउने तालिम जिल्लाको रामपुर नगरपालिका –६ पाल्पामा मादल बजाउने तालिम दिइएको छ ।  वडाको संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम दिइएको हो ।
पौराणिक र पर्यटकीय  महत्वको तपोभूमि रेसुङ्गा
पौराणिक र पर्यटकीय महत्वको तपोभूमि रेसुङ्गा समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा  समेतमा पर्दछ ।
Weather Update