Shittalpati
कालीगण्डकी नदीमा बेपत्ता अर्का युवा पनि मृत भेटिए 

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा मंगलबारदेखि बेपत्ता भएका अर्का युवक पनि मृत अवस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका –९ चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृत अवस्थामा भेटिएका हुन् ।
भुसालको आज विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । बेपत्ता भएका  झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्यालको भने  बुधबार नै शव भेटिएको थियो ।

उनीहरु दुवै जना मंगलबार नयाँ वर्षका दिन साथीभाईसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता  भएका थिए । बेपत्ता उनीहरुको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ताहरुको निरन्तरको खोजीपछि शव फेला परेको चौधरीले बताए ।  उनका अनुसार उनीहरुको नदिको बिचमा तैरीरहेको अवस्थामा शव भेटिएको हो । बस्याल चन्द्र मावि चापपनीमा इञ्जियिनरतर्फका शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । दुबै जना एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङमा शोक छाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update