Shittalpati
प्रेस स्वतन्त्रतामा अंकुश
प्रेस स्वतन्त्रतामा अंकुश नेपालमा संविधानले प्रेस स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको छ । तर, व्यवहारमा पत्रकारलाई सुरक्षित वातावरण दिन सकिएको छैन । प्रेस स्वतन्त्रताको प्रत्याभूति नहुनु लोकतन्त्रको आधारभूत मूल्यमाथिको आघात हो । सरकारको नीतिगत निर्णयले पनि स्वतन्त्र प्रेसमाथि दबाब बढाएको छ ।
देशभरका सुकुम्बासी आन्दोलित
देशभरका सुकुम्बासी आन्दोलित सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू आन्दोलित भएका छन् । काठमाडौंबाट सुरू भएको बस्ती खाली गर्ने अभियान देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने योजनामा सरकार लागेपछि भूमिहीनहरू आन्दोलित भएका हुन् ।
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै आज वैशाख २६ गते अर्थात् ७४ औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ ।
पाल्पामा दुई फरार प्रतिवादी पक्राउ
पाल्पामा दुई फरार प्रतिवादी पक्राउ पाल्पा प्रहरीले फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीको फैसला कार्यान्वयन अभियान अन्तर्गत अदालतबाट सजाय घोषित भइ फरार रहेका एक जना र कुटपिट कसुरका एक गरी दुई प्रतिवादी पक्राउ परेका हुन् ।
 मगर र थारु  भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग
 मगर र थारु  भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विभिन्न आदिवासी जनजाति संघसंस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति र थारु कल्याणकारिणी सभा दाङले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाउँदै आफुहरुको भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका हुन् ।
अध्यादेश लोकतान्त्रिक अभ्यास विपरित : काँग्रेस नेतृ निर्मला
अध्यादेश लोकतान्त्रिक अभ्यास विपरित : काँग्रेस नेतृ निर्मला नेपाली काँग्रेसकी प्रभावशाली नेतृ निर्मला क्षेत्रीले वर्तमान सरकारले धमाधम  अध्यादेश ल्याएर लोकतान्त्रिक अभ्यास विपरित काम गरेको बताएकी छन् । बुटवलमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संसद अधिवेशन अन्त्य गरेर धमाधम अध्यादेश ल्याइनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएकी हुन् ।
आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस 
आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस  आज प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने मातृ भाषा संरक्षण र जातीय उत्थान गर्ने उद्देश्यले सातै प्रदेश सरकारले यो दिवस मनाउने गर्दछन् ।
गुल्मीमा राति मदिरा बिक्री र सेवन गर्न रोक
गुल्मीमा राति मदिरा बिक्री र सेवन गर्न रोक गुल्मीमा रातीको समयमा मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो ।निर्णय अनुसार राति ९ बजेपछि  मदिरा विक्री र सेवन गर्न पाइने छैन् ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व 
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व  नेपाल उद्योग वाणिज्य महासंघामा नयाँ नेतृत्व आएको छ । महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाबाट  अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ समिति आएको हो । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण
शतकको सपना अधुरै, तर नेपालको जित पूर्ण पाल र ओमानबीच आज सम्पन्न खेल केवल एक जित मात्र थिएन, यो आत्मविश्वास, धैर्यता र आक्रामकताको उत्कृष्ट संयोजन थियो ।
एकल महिलाको क्षमता विकास गर्न भाषण कला तालिम
एकल महिलाको क्षमता विकास गर्न भाषण कला तालिम जिल्लाको रामपुरमा एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण, भाषण कला तथा वाक क्षमता वृद्धि गर्ने तालिम दिइएको छ । एकल महिला नगर समन्वय समिति रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा  महिलाहरुलाई चार दिने उद्घोषण तथा भाषणकला तालिम दिइएको हो ।तलिमको एक कार्यक्रमकाबिच समापन गरिएको छ ।
टोटनहम संकटमा : एक विश्लेषण
टोटनहम संकटमा : एक विश्लेषण इंग्लिस प्रिमियर लिगमा टोटनहम होट्स्पर अहिले गम्भीर संकटमा परेको छ । जहाँ टोली रेलिगेशन क्षेत्र नजिक पुगेपछि क्लब वरिपरि चिन्ता बढ्दै गएको छ ।
Weather Update