सूचना प्रविधि : प्रयोग, समस्या र प्रभाव
शनिबार, वैशाख २०, २०८२

त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन
शुक्रबार, वैशाख १९, २०८२
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । स्ववियुले शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
बिहीबार, वैशाख १८, २०८२
आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालंसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिकले मे १ लाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको...

स्याङ्जामा गोरू काट्ने पक्राउ
बुधबार, वैशाख १७, २०८२
स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौर सिम्लेमा गोरू काट्ने एक जना पक्राउ परेका छन् । गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटेको प्रहरी टोलीले सोही ठाउँका ४० वर्षीय टेक भन्ने डम्बर बहादुर गुरूङलाई पक्राउ गरेको हो ।

माथागढीको जङ्गलमा एक पुरुष मृत फेला
बुधबार, वैशाख १७, २०८२
जिल्लाको माथागढी गाउँपालिकाको जङ्गलमा एक पुरुष मृत फेला परेका छन् । आज दिउँसो माथागढी –४ झडेवास्थित जङ्गलको खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृत अवस्थामा फेला परेका हुन् ।

रेशम चौधरी थुनामुक्त
बुधबार, वैशाख १७, २०८२
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन ।

रेशम चौधरी पक्राउ अनधिकृत, तत्कालै थुनामुक्त हुँदै
बुधबार, वैशाख १७, २०८२
दालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेको छ ।

रेशम चौधरी पक्राउ
बुधबार, वैशाख १७, २०८२
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले उनलाई प्रज्ञा भवनमा पुगेर पक्राउ गरेको हो ।

तानसेनमा ‘विद्यालमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
बुधबार, वैशाख १७, २०८२
जिल्लाको तानसेनमा पहिलो पटक ‘विद्यालयमा आधारित विपद् जोखिम न्यूनिकरण स्रोत केन्द्र’ सञ्चालनमा ल्याइने भएको छ । तानसेन नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा तानसेन –३ भगवतीटोलस्थित पद्यम पव्लिक माध्यमिक विद्यालयमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।

३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला
मंगलबार, वैशाख १६, २०८२
जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल
आइतबार, वैशाख १४, २०८२
बुद्व जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो सांस्कृतिक फेस्टिबल र सेमिनार लुम्बिनीमा आयोजना गरिएको हो ।

पाल्पा जेसिजको भित्तेपात्रो विमोचन
शनिबार, वैशाख १३, २०८२
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल पाल्पा जेसिजले भित्तेपात्रो विमोचन गरेको छ । ‘शासन व्यक्तिको होइन विधिको हुनु पर्छ’ भन्ने नारालाई आत्मसाथ गर्दै जेसिजले शनिबार एक औपचारिक कार्यक्रमका बिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।

प्रेस चौतारी पाल्पाले बैशाख २७ गते स्थापना दिवस मनाउने
शनिबार, वैशाख १३, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले यही बैंशाख २७ गते स्थापना दिवस मनाउने भएको छ । शाखाको तानसेनमा बसेको बैंठकले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो ।