Shittalpati
जेठ १६ गतेदेखि निजी अस्पतालमा बीमा सेवा कटौती हुने

पाल्पा, यही जेठ १६ गतेदेखि निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको छ । बीमा बोर्डले  निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गर्ने  निर्णय गरेसँगै निजी अस्पतालहरुमा बीमाबाट उपचार सेवा नपाइने भएको हो ।

बीमा बोर्डले निजी अस्पताललाई मंगलबार पत्राचाार गर्दै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जानकारी गराएको  छ ।
 सोमबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू जेठ १६ गतेदेखि बन्द हुने निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी सूचनामा उल्लेख छ । बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म स्थगित गरिएको बोर्डले जनाएको छ ।

पत्रमा भनिएको छ,‘स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकको मिति २०८३/०२/११ गतेको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरू मिति २०८३ साल जेठ १६ गतेदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’
 

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update