गुल्मी, जिल्लाको मालिका गाउँपालिकाका सोमबार राती आएको हावाहुरीले घरगोठमा क्षति पु¥याएको छ । हावाहुरीले यहाँका नेटा, दर्लिङ र घमिरका अधिकांस किसानका घरगोठमा क्षति पुगेको हो ।
सबै ठाउँको पूर्ण क्षतिको विवरण भने अझै आएको छैन् । प्रहरीले घमिरको मात्रै हालसम्म तथ्यांक एकीकृत गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४५ वटाभन्दा बढी संरचना घमिरमा मात्रै क्षतिग्रस्त छन् । अन्य क्षेत्रमा क्षतिको विवरण संकलन जारी रहेको छ । पानीसहितको हावाहुरीले घरगोठका छानो तथा शौचालयको छानो र विद्यालयमा समेत क्षति पुगेको थियो । अधिकांश संरचनाको छानो उडाएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर २ र ३ का पनि केही संरचनामा क्षति पुगेको छ । मदाने गाउँपालिका–१ मा पनि एक संरचनामा क्षति पुगेको हो । मालिकाका अन्य ठाउँमा पनि ठुलो परिणाममा क्षति पुगेको छ । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले १५० भन्दा बढी घरमा क्षति पुगेको विवरण आइसकेको र यो संख्या २०० भन्दा बढी हुने बताए । उनले प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको बताए । अध्यक्ष अर्यालसहित मालिकामा मात्रै २०० भन्दा बढी संरचनामा क्षति पुगेको अनुमान छ ।


