Shittalpati
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पाल्पा, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो । नयाँ मूल्य विहीबार राति १२ बजेदेखि लागू भएको छ ।

१ चैतमा १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल–मट्टितेलको मूल्य १५२ रूपैयाँ पु¥याएको थियो । १२ चैतमा फेरि १५ रुपैयाँ बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १८७ रूपैयाँ र डिजेल–मट्टितेलको मूल्य १६७ रूपैयाँ पु¥याएको हो ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ ।

मूल्य समायोजनसँगै अब पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ, भने डिजेल÷मट्टीतेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कामय भएको निगमले जनाएको छ । यस्तै दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८६ रुपैयाँ रहेकामा अहिले बढेर २०१ रुपैयाँ पुगेको छ । डिजेल÷मट्टीतेलको मूल्य पहिले प्रतिलिटर १६६ रुपैयाँ रहेकामा अब बढेर १८१ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।   तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यसअघि डिजेल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब बढेर १८२ रुपैयाँ पुगेको छ ।

विगत महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । सो युद्धका कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यवृद्धि भई इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update