Shittalpati
विश्व क्षयरोग दिवस र नेपालको अवस्था

हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस ले मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको क्षयरोग (टीबी) विरुद्ध सचेतना फैलाउने अवसर प्रदान गर्दछ । विश्व स्वास्थ्य संगठन का अनुसार, क्षयरोग अझै पनि विश्वका धेरै देशहरूमा मृत्युको प्रमुख कारणमध्ये एक हो । नेपालजस्तो विकासोन्मुख देशमा यसको प्रभाव अझै गहिरो रूपमा देखिन्छ ।

नेपालमा क्षयरोग नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममार्फत निःशुल्क परीक्षण र औषधि उपलब्ध गराइए पनि रोगको पूर्ण नियन्त्रण भने अझै चुनौतीपूर्ण छ । विशेषगरी दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच अभाव, गरिबी, कुपोषण तथा जनचेतनाको कमीले गर्दा रोग समयमै पहिचान हुन सक्दैन । यसले संक्रमणलाई थप फैलाउने जोखिम बढाउँछ । विश्व क्षयरोग दिवस केवल औपचारिकता नभई रोग उन्मूलनको प्रतिबद्धता दोहोर्याउने दिन हो । नेपालले “टीबी मुक्त देश” बन्ने लक्ष्य हासिल गर्न सरकारी प्रयाससँगै नागरिक सचेतना, दिगो लगानी र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनु आवश्यक छ । शहरी क्षेत्रमा समेत भीडभाड, प्रदूषण र अस्वस्थ जीवनशैलीले क्षयरोग फैलिन सहयोग पु¥याइरहेका छन् । श्रमिक वर्ग, आप्रवासी कामदार तथा कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू बढी जोखिममा छन् । यस्ता समूहलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता हो । यस समस्याको समाधानका लागि सरकार मात्र नभई सम्पूर्ण समाजको सक्रिय सहभागिता अपरिहार्य छ । नियमित स्वास्थ्य परीक्षण, खोक्दा वा हाच्छ्युँ गर्दा सावधानी अपनाउने, पोषणयुक्त आहार सेवन गर्ने र रोग लुकाउने प्रवृत्ति त्याग्ने जस्ता व्यवहारले क्षयरोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्छन् । साथै, सञ्चार माध्यममार्फत प्रभावकारी जनचेतना अभियान सञ्चालन गर्नु पनि उत्तिकै आवश्यक छ । 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update