रास्वपाले सुवर्ण अवसर नगुमाओस्
शुक्रबार, चैत १३, २०८२
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
बुधबार, चैत ११, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
तानसेनमा एमालेको निर्वाचन समिक्षा : नगर र सबै वडा कमिटी विघटन
मंगलबार, चैत ३, २०८२
एमालेले तानसेनमा निर्वाचनको समिक्षा गर्दै तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ । पार्टीका उम्मेदवार ठाकुर प्रसाद गैरे फागुन २१ गतेको निर्वाचनमा पराजय भएपछि समिक्षा गर्न बसेको पहिलो बैठकले एमाले नगर कमिटी सहित १४ वटै वडा कमिटी विघटन गरेको हो । बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि...
पाल्पामा आठ हजार भन्दा बढी मत बदर
बिहीबार, फागुन २८, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाल्पामा उल्लेख्य संख्यामा मत बदर भएको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्यक्ष र समानुपातिक तर्फ बदर मत आठ हजार पाँच सय ४१ रहेको हो ।
समानुपातिक मत परिणाम : पाल्पामा रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस तेस्रो
बुधबार, फागुन २७, २०८२
पाल्पामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । रास्वपाको घण्टी चिन्हमा ५० हजार ४ सय ५२ मत खसेको छ । सोमबार बिहान अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले उक्त मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ...
पाल्पामा २४ जना उम्मेदवारहरुको धरौटी जमानत जफत
मंगलबार, फागुन २६, २०८२
पाल्पामा २४ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ बाट १४ जना उम्मेदवार मध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् । नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाउन सफल भएका हुन् ।
पराजित भए पनि शुभेच्छुक र मतदातालाई धन्यवाद दिँदै काँग्रेस नेता हिमाल
सोमबार, फागुन २५, २०८२
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले निर्वाचनमा पराजित भए पनि शुभेच्छुक र मतदातालाई भने धन्यवाद दिएका छन् ।
गुल्मीमा रास्वपाको ‘क्लिनस्विप’, पूर्वमन्त्रीहरु पराजित
आइतबार, फागुन २४, २०८२
गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिनस्विप गरेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रतिनिधिसभाका दुवै सिटमा रास्वपाका उम्मेदवारहरू विजयी भएका हुन् ।
पाल्पा– २ मा रास्वपाका थापा विजयी
आइतबार, फागुन २४, २०८२
पाल्पा क्षेत्र नम्वर २ मा २६ हजार ७ सय ३६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. माधवबहादुर थापा विजयी भएका छन् ।
पाल्पा– १ मा ढल्यो ३१ वर्षे एमाले विरासत, काँग्रेसका सन्दीप राना विजयी
शनिबार, फागुन २३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३१ वर्षदेखि पाल्पा क्षेत्र नं. १ मा निर्वाचनमा राख्दै आएको वर्चश्व यस पटक गुमाएको छ । एमालेले २०५१ सालको निर्वाचनदेखि नै आफ्नो वर्चश्व राख्दै आएको थियो । २०५१ मा दलबहादुर रानाले विजयी भएपछि पूर्वी पाल्पालाई नेकपा (एमाले)को गढका रूपमा चिनिँदै आएको थियो ।
पाल्पा –१ मा काँग्रेस अगाडि, २ मा रास्वपाको अग्रस्थान कायमै
शनिबार, फागुन २३, २०८२
दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छन् । जारी पछिल्लो मत परिणाम अनुसार यहाँको क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार सन्दीप राना र नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्यबिच निकै कडा प्रतिस्पर्धा भएको छ ।


