Shittalpati
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फिर्ता

काठमाडौं, नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।

उनी लामो समयदेखि उपचारका क्रममा विदेशमा थिए । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि देउवा श्रीमती आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ । उनी विमानस्थलबाटै महाराजगन्जस्थित डेरामा जाने छन् । स्वकीय सचिव भानु देउवाले यसअघि लिएको डेरामा बस्ने बताए ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update