प्रतिनिधि सभा बैठक : ‘जनताको आक्रोशलाई नजरअन्दाज गर्न मिल्दैन’
बुधबार, फागुन २८, २०८१

पाल्पामा अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष लुंगेली नेवि संघमा प्रवेश
सोमबार, फागुन २६, २०८१
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व इकाइ अध्यक्ष एवं स्ववियु सदस्य भीम लुंगेली नेपाल विद्यार्थी संघमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस विधानको धारा ४(१) बमोजिम काँग्रेसको सदस्यता लिई उनी नेवि संघ प्रवेश गरेका हुन् ।

सांसदहरु भन्छन्–‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना गतिविधिहरु बढाउन थालेपछि बल्ल सांसदहरुले मुख खोलेका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले पूर्वराजा र राजावादीका पछिल्लो गतिविधिप्रति आफ्ना धारणा व्यक्त गरेका हुन् ।

राष्ट्रियसभाबाट पनि अध्यादेश स्वीकृत
बिहीबार, फागुन २२, २०८१
प्रतिनिधिसभामा बुधबार स्वीकृत भएका पाँच अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत भएको छ । बिहीबार राष्ट्रियसभाको बैठकमा विभिन्न पाँचवटा अध्यादेश निर्णयार्थ पेस भएका थिए । उक्त अध्यादेशहरू राष्ट्रियसभाबाट बहुमतले स्वीकृत गरिएको हो ।

पाल्पामा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो
बिहीबार, फागुन २२, २०८१
आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनाव आउन १२ मात्र बाँकी छँदा पाल्पासहित देशैभरका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना...

प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत
बिहीबार, फागुन २२, २०८१
सरकारले बुधबार प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत गरेका चार वटा अध्यादेश स्वीकृत भएको छ । सरकारले बैंठकमा पेश गरेका निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, आर्थिक कार्यविधि र सुशासनसम्बन्धी अध्यादेश संसदबाट स्वीकृत गरेको हो ।

आज प्रतिनिधिसभा बैंठक : अध्यादेश प्रस्तुत गर्दै सरकार
बुधबार, फागुन २१, २०८१
आज प्रतिनिधि सभाको बैंठक बस्दै छ । सो बैंठकमा सरकारले अध्यादेश प्रस्तुत गर्ने तयारी गरेको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले ५ वटा अध्यादेश प्रस्तुत गर्ने तयारी गरेको हो । गत २६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

मुलुकमा आशाको सञ्चार भएको देउवाको दाबी
मंगलबार, फागुन २०, २०८१
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आशाको सञ्चार भएको दावी गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा...
-1740913974.jpg)
अखिल छैठौं पाल्पाको तेस्रो भेला, अध्यक्षमा दर्लामी
आइतबार, फागुन १८, २०८१
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पाल्पाको तेस्रो जिल्ला भेला तानसेनमा भएको छ । अखिलले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप बलियो बनाएर लैजान भेला गरेको हो ।

आज बुटवलमा राप्रपाको जागरण सभा
शनिबार, फागुन १७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बुटवलमा प्रदेशस्तरीय जागरण सभा गर्न लागेको छ । ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सभा गर्न लागिएको हो ।
काँग्रेस एमालेको सरकार ०८४ सम्मै जान्छ : एमाले नेता पोखरेल
शुक्रबार, फागुन १६, २०८१
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले केही पक्षले यो सरकार आज भोलि नै ढल्छ भनेर गलत प्रचार गरे पनि पुरा अवधिसम्म चल्ने घोषणा गरेका छन् ।

देशमा धेरै परिवर्तन भएको छ, केही पनि भएन भन्नु गलत हो : मन्त्री सारु
शुक्रबार, फागुन ९, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले देशमा केही पनि भएन भन्नु गलत भएको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानलाई पाल्पाको तानसेनमा सम्बोधन गर्दै मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताएका हुन् ।