बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका २९, नेकपाका ११ जसपा नेपालका ४, राष्ट्रिय जनमोर्चाका १ प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् ।
विपक्षमा कांग्रेस र जनमतका गरी २६ मत मात्र परेको छ । सत्ता पक्षका २ र प्रतिपक्षका ६ जना अनुपस्थित भएका छन् । ४ सदस्य रहेको राप्रपा तटस्थ बसेको छ । प्रदेश सभाका ८३ प्रदेश सभा सदस्य मध्य बहुमतका लागि ४२ मत आवश्यक पर्छ । तीमध्ये एमाले, नेकपा, जसपा नेपाल र जनमोर्चाका गरी ४५ जनाले मत दिएका हुन् ।
२०८१ साउन ७ गते एमाले कांग्रेस गठबन्धनबाट चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । गत साउन १२ गते कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नेकपासहितका तीन दललाई सरकारमा सहभागी गराएर चार दलको विश्वासको मत प्राप्त गरेका हुन् । कांग्रेसका २७, जनमतका ३ जनाले विपक्षमा मतदान गरेका छन् । ४ सदस्य रहेको राप्रपा भने तटस्थ बसेको छ । प्रदेश सभाको १९ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका थिए ।


